गाँजा बोकेको एम्बुलेन्स सहित चालक पक्राउ

  • साउन ३१, २०७९ | ४८० पटक पढिएको | सीमा संदेश
alt

लहान, ३१ साउन। सिरहा प्रहरीले ९० केजी प्रतिवन्धित लागु औषध गाँजा बोकेको एम्वुलेन्स सहित चालकलाई नियन्त्रणमा लिएको छ।

पश्चिमबाट पूर्व गईरहेको ९० केजी गाँजा बोकेको को १ च ७५७७ नम्वको एम्वुलेन्स सहित चालक सिरहाको धनगढीमाई नपा ९ मुसहर्नियाँका सरोज लामालाई पूर्वपश्चिम राजमार्ग अन्तर्गत लहानको ट्राफिक चोकबाट नियन्त्रणमा लिएको हो।

गोप्य सूचनाको आधारमा ईप्रका लाहानका ईन्चार्ज डिएसपी कुमार मैनालीको कमाण्ड खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त सूचना अधिकारी इन्सपेक्टर प्रदिप पौडेलले जानकारी दिए।

मोरङ्गको संस्थाको नाममा रहेको एम्वुलेन्स लामाले किनेर चलाउँदै आएको बताइएको छ। सिरहामा अन्य जिल्लाका संस्थाहरुले भन्सार छुटमा खरिद गरिएको एम्वुलेन्स व्यक्तिले खरिद गरेर चलाउने प्रवृति बढेर गएको छ। घटनाबारे थप अनुसनधान ईरहेको प्रहरीको् भनाई छ।

ब्यारेजदेखि इटहरीसम्म कफ्र्यु

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई ...

बुवा र छोराको मिलेमतोमा अनियमितता !

सिरहाको सुखीपुर नगरपालिका अन्तर्गत रहेको नगर अस्पतालका ...

आज गुरु पूर्णिमा र व्यास जयन्ती: गुरुप्रति सम्मान

आषाढ शुक्ल पूर्णिमाका दिन आज देशभर गायत्री, दीक्षा, वेद ...

भरियो अख्तियारको हिरासत

घुससहित पक्राउ परेका कर्मचारीले अख्तियार दुरुपयोग अनुसन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब