आसिफको शतकसँगै केन्यामाथि नेपालको सानदार जित

  • भदौ १७, २०७९ | ३६१ पटक पढिएको | सीमा संदेश
alt

काठमाण्डाै। केन्यासँगकाे पहिलाे एकदिवसीय अभ्यास खेलमा नेपाल सात विकेटले विजयी भएकाे छ । केन्याले दिएकाे दुई सय १९ रनकाे लक्ष्य नेपालले ४७ ओभर २ बलमा भेटायाे ।

नेपालकाे जितमा ओपनर ब्याटर आसिफ शेखले शतक बनाए, उनी एक सय आठ रनमा आउट भए । यस्तै अर्का ओपनर ब्याटर ६१ रन बनाएर आउट भए । यस्तै ज्ञानेन्द्र मल्लले २३ रन बनाए ।   

यसअघि नैराेबीमा टस जितेर पहिले ब्याटिङ गरेकाे केन्या ४८ ओभर १ बलमा दुई सय १८ रनमा अलआउट भयाे । केन्याका लागि रकिप पटेलले सर्वाधिक ६७ रन र कोलिन्स ओबुयाले ६२ रन बनाए । यसैगरी इरफान करिमले ३० र सचिन भुडियाले २६ रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामी र करण केसीले तीन/तीन विकेट लिँदा आदिल अन्सारी र पवन सरार्फले एक/एक विकेट लिए । 

जितसँगै नेपालले तीन एकदिवसीय अभ्यास खेलमा एक–शून्यकाे अग्रता लिएकाे छ । शृङ्खलाकाे दोस्रो खेल भाेलि शनिवार र तेस्रो खेल सोमवार हुनेछ ।

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब