एसिया कप फुटबल छनोटमा नेपाल भुटानसँग २–० गोलले पराजित

  • भदौ २६, २०७९ | ३८६ पटक पढिएको | सीमा संदेश
alt

काठमाण्डाै । २० वर्षमुनिको एसियाकप फुटबल छनोटको पहिलो खेलमा नेपाल भुटानसँग पराजित भएको छ । बहराइनको शेख अलि विन मोहम्मद अल खलिफा मैदानमा गएराति भएको खेलमा भुटानले नेपाललाई २–० ले हराएको हो ।

भुटानले दुवै हाफमा एक/एक गोल गर्न सफल भयो । खेलको ३३औँ मिनेटमा भुटानका सोनाम छोझाङ र दोस्रो हाफको सुरुमै कर्मा टासी जाम्सोले गोल गरे । खेलको इञ्जुरी समयको अन्तिम मिनेटमा नेपाल १० खेलाडीमा समेटिएको थियो ।

अभिषेक वाइबाले फल गरेपछि रेफ्रीले उनलाई रातो कार्ड दिएका थिए । जितसँगै भुटानले पहिलो खेलमा महत्त्वपूर्ण ३ अङ्क जोडेको छ । नेपालले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । छनोटको समूह ‘बी’ मा नेपाल, भुटान, कतार, बहराइन र बङ्गलादेश रहेका छन् ।

अब नेपालले दोस्रो खेलमा सोमवार कतारसँग, बिहीवार बहराइनसँग र आउँदो आइतवार बङ्गलादेशसँग खेल्नेछ । समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा हुने २० वर्षमुनिको एसियन कपमा स्थान बनाउने छ।

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब