भाँडा माझेको पैसा फिर्ता पाउन अदालतमा दौडधुप

  • भदौ २९, २०७९ | ६१९ पटक पढिएको | सीमा संदेश
alt

बाँके  । धम्बोझीकी माया पासी हरदेवबक्स चौधरी अदालतमा आएको छ भन्ने थाहा पाउनेबित्तिकै दौडेर अदालतमा आइपुग्नुभयो । चौधरी अदालतमा तारिख दिन आउनुभएको थियो । चौधरी अदालतबाट बाहिर निस्किनेबित्तिकै गेटमै पासीलगायतले घेराबन्दी गरे ।

चौधरी सहकारी वित्तीय विकास संस्था लिमिटेड, नेपालगन्जका अध्यक्ष हुन् । यो सहकारीले पासीजस्ता ११ हजार ४ सय ८ जना बचतकर्ताको ५८ करोड रुपियाँ हिनामिना गरेको छ । विगत तीन वर्षदेखि पासीको दैनिकी सहकारी पीडितका रुपमा सडकमा नारा लगाउनेदेखि अदालतमा तारिख दिन आउने रकम हिनामिना गर्नेलाई घेराबन्दी गर्ने रहेको छ ।

पासीले छोरीको विवाहका लागि सहकारीमा पैसा राख्नुभएको थियो । ‘अर्काको घरमा भाँडा माझेर सहकारीमा पैसा राखेको थिएँ । सहकारीका सञ्चालक र कर्मचारीले खाइदिए’, पासीले भन्नुभयो– ‘आफ्नो पैसा फिर्ता पाउनका लागि सडकमा नारा लगाइरहेका छौं ।’

विनय सोनी र सुवास मुराउ अध्यक्ष चौधरीलाई ‘हाम्रो पैसा कहिले पाउँछौं’ भन्दै प्रश्न गरिरहनुभएको थियो । विनयको १८ लाख ५० हजार र सुवासको ३ लाख रुपियाँ सहकारीले हिनामिना गरिदिएको छ । ‘मजदुरी गरेको पैसा जम्मा गरेका थिएँ । सहकारीले खाइदियो’, मुराउले भन्नुभयो– ‘अदालतले छिटो फैसला गरेर हाम्रो पैसा दिलाइदिओस् ।’अध्यक्ष चौधरी २१ लाख धरौटीमा छुटेका छन् । कर्मचारीले रकम हिनामिना गरेको रकमबाट किनिदिएको यूपी ४० एसी ६६२५ नम्बरको गाडीमा चौधरी अदालतमा तारिख दिन आउनुभएको थियो । रकम हिनामिनामा प्रत्यक्ष नजोडिए पनि पनि चौधरीले कर्मचारीबाट गाडी उपहार लिएको र मासिक १ लाख रुपियाँ बुझ्ने गरेको पीडितहरु बताउँछन् ।

अध्यक्ष चौधरीलाई दिनभरि घेरेर राखेका पीडितको एउटै प्रश्न थियो– ‘हाम्रो पैसा हामीले कहिले पाउँछौं ?’ चौधरीले आफूले रकम नखाएको र सबैसँग सल्लाह गरेर रकम उठाई सबैलाई दिने आश्वासन दिइरहनुभएको थयो । चौधरीको यो कुरालाई पीडितले विश्वास मानिरहेका छैनन् । सहकारी पीडित संघर्ष समितिका संयोजक विजय गुप्ताले अध्यक्ष चौधरी मेलमिलाप गरौं भनेर आइरहेको र आफूहरुले कसले कति हिनामिना गरेको छ, त्यो कुरा अदालतमा स्वीकार गर्न आग्रह गरिरहेको बताउनुभयो ।

हामीलाई त थाहा छैन । कुन सञ्चालक वा कर्मचारीले कति रकम हिनामिना गरेका छन् । उनीहरुलाई थाहा छ । त्यो कुरा उनीहरुले छलफल गरेर कसले कति तिर्ने भनेर आएमा पीडितलाई सम्झाएर मेलमिलाप गर्न सकिने गुप्ताको भनाइ छ । अध्यक्ष चौधरीले सहकारी सञ्चालन गर्न दिएमा बजारमा फसेको पैसा उठाएर तिर्ने बताइरहनुभएको पीडितहरु बताउँछन् ।
सहकारीको घोटालामा ४१ जनाविरुद्ध मुद्दा परेको छ । त्यसमध्येमा ६ जना जेलमा छन् भने अरु धरौटीमा छुटेका छन् ।
अदालती प्रक्रिया ढिलो हुँदा पीडित अझ पीडित बनेका छन् ।

सहकारी पीडित संघर्ष समितिका संयोजक गुप्ताले यो मुद्दालाई अदालतले छिटो टुंग्याइदिनुपर्ने बताउनुभयो । ‘अदालत धाउँदा धाउँदा दश जना पीडितको मृत्यु भइसक्यो । फैसला हुन अझै कति कुर्नुपर्ने हो । अनि, कतिले ज्यान फाल्नुपर्ने हो ?’, वरिष्ठ अधिवक्तासमेत रहेका गुप्ताले भन्नुभयो– ‘अदालतले छिटो मुद्दा टुंग्याइदिनुपर्छ । जति छिटो मुद्दा टुंगिन्छ । त्यति नै पीडितले न्याय र राहत पाउँछन् ।’

नेपालगञ्जमा मुख्य कार्यालय रहेको सहकारीले खजुरा र बैजापुरमा शाखा खोलेको थियो । घरघरमा कर्मचारी आउने भएकाले थोरै आम्दानी भएका व्यक्तिले समेत थोरैथोरै गरेर पैसा जम्मा गरेका थिए । मजदुरी गरेर, पसल चलाएर, भाँडा माझेर, विदेशबाट पठाएको पैसा राखेका पीडितहरु त्यही आफ्नो पैसा फिर्ता पाउन तीन वर्षदेखि नेपालगन्जको सडकमा कराइरहेका छन् । जिल्ला प्रहरी, सरकारी वकिल कार्यालयदेखि अदालत धाइरहेका छन् । अहिले आएर पीडितले पीडक भनिएकाहरुलाई घेराबन्दी गर्न थालेका छन् । यसले पीडक भनिएकाहरुको ज्यानको खतरा बढ्न सक्ने केहीले आशंका गरेका छन् ।

ब्यारेजदेखि इटहरीसम्म कफ्र्यु

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई ...

बुवा र छोराको मिलेमतोमा अनियमितता !

सिरहाको सुखीपुर नगरपालिका अन्तर्गत रहेको नगर अस्पतालका ...

आज गुरु पूर्णिमा र व्यास जयन्ती: गुरुप्रति सम्मान

आषाढ शुक्ल पूर्णिमाका दिन आज देशभर गायत्री, दीक्षा, वेद ...

भरियो अख्तियारको हिरासत

घुससहित पक्राउ परेका कर्मचारीले अख्तियार दुरुपयोग अनुसन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब