सिरहा । सिरहाको सिरहा नगरपालिका वडा नम्बर १९ सन्हैठा स्थित सडक छेउको खाल्डोमा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको छ। स्थानिय किसानहरु खेतीवारीका लागि खेत जादाँ शव देखेपछि प्रहरीलाई खवर गरेको थियो ।
नहर छेउँको खाल्डोमा जमेको पानीमा सिरहा नगरपालिका वडा नं. २० लकडिगदियानी बस्ने लुला सदायको छोरा अन्दाजी ३५ बर्षको कारी सदाय घोप्टो परि मृत अबस्थामा फेला परको जिल्ला प्रहरी प्रवक्ता नायव उपरिक्षक सुवाष बुढाथोकीले बताउनु भयो ।
प्रहरीको टोली घटना स्थल पुगि सिरहा न.पा. वडा न.. १९ वडा अध्यक्ष अशोक कुमार यादबको रोहोवरमा शव पानीबाट निकालेर पोष्टमार्टका लागि प्रादेशिक अस्पताल सिरहा लागेको र घटनाको अनुसन्धा भईरहेको प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक बुढाथोकीले बताए ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved