प्रेस कार्ड झुण्ड्याएका दुई युवक लागुऔषध सहित प्रहरी नियन्त्रणमा

  • असोज ८, २०७९ | ५२९ पटक पढिएको | सीमा संदेश
alt

सिरहा,  ८ असोज। सिराहा प्रहरीले प्रेकार्ड झुण्ड्याएका दुई युवकलाई लागु ओषध सहित नियन्त्रणमा लिएको छ। जिल्लाको दक्षिणी सीमावर्ती माडरस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले सिरिहा नपा १४ नेमचन्द चौकबाट उदयपुरको कटारी नगरपालिका २ कल्याणपुर घर भएका ३५ वर्षीय सुरेशकुमार धमला र ओखलढुंगाको चम्पादेवी गाउँपालिका ७ फूलबारी घर भई हाल धमलाकै गाउँमा बस्दै आएका ३५ वर्षीय ईश्वर खत्रीलाई प्रतिवन्धित लागुऔषधसहित पक्राउ गरेको हो

प्रहरीले दुबैजनाको साथबाट नाइट्रोभेट ट्याब्लेट १५ ट्याब्लेट, स्पास्मो प्रोक्सिभव प्लस ८ क्याप्सुल, डाइलेक्स डिसी जस्तो देखिने केम्पटी म्यागों पन्च ड्रिक लेखेको बोतलमा ६ सय एमएल, रामा एक्सप्रेस खबर प्रेस लेखिएको आइडिकार्ड तथा नगद बरामद गरको छ । 

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार भारततिरबाट स. ९ प ५१० नम्बरको मोटरसाइकल चढेर आएका दुईजनालाई चेकजाँच गर्ने क्रममा लागुऔषध बरामद भएपछि तत्काल पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए। उनको प्रेस कार्ड नक्कली वा सक्कली के हो भन्नेबारेमा नखुलेको प्रहरी नायव उपरीक्षक बुढाथोकीले बताए।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब