समानुपातिक बन्दसूची : २९ जनाले लिए नाम फिर्ता, कांग्रेसका सबैभन्दा बढी

  • असोज १७, २०७९ | ३९५ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । आसन्न निर्वाचनका लागि सामानुपातिकतर्फको बन्दसूचीमा नाम समावेश गरिएका २९ जनाले आफ्नो नाम फिर्ता लिएका छन् । उनीहरूले सोमबार निर्वाचन आयोगमा निवेदन दिएर नाम फिर्ता लिएका हुन् ।

आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दलहरूका तर्फबाट उमेदवारको बन्दसूची आयोगमा बुझाइएको थियो । सूचीबाट २९ जनाले नाम फिर्ता लिएका आयोगका उपन्यायाधिवक्ता गुरु वाग्लेले जानकारी दिए ।

उनका अनुसार त्यसरी नाम फिर्ता लिनेमा सबैभन्दा बढी नेपाली कांग्रेसका नेता छन् । प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ गरी कांग्रेसका नौजनाले नाम फिर्ता लिएका छन् । कांग्रेसका प्रतिनिधिसभातर्फका चारजनाले नाम फिर्ता लिएको उनले जानकारी दिए ।

यस्तै, जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट पाँच, नेकपा (माओवादी केन्द्र)का तर्फबाट तीनजनाले बन्दसूचीबाट आफ्नो फिर्ता लिएका छन् । जसपाका प्रतिनिधिसभातर्फका तीनजनाले नाम फिर्ता लिएका हुन् । माओवादी केन्द्रका प्रतिनिधिसभातर्फका एकजनाले नाम फिर्ता लिएको उनले बताए ।

उनका अनुसार एकीकृत समाजवादी पार्टीका तर्फबाट प्रतिनिधिसभातर्फ एकसहित चारजनाले नाम फिर्ता लिएका छन् । नागरिक उन्मुक्ति पार्टीका तर्फबाट प्रदेश नम्बर–१ मा एक, पुनर्जागरण पार्टीका तर्फबाट वाग्मती प्रदेशमा पाँच र राष्ट्रिय नागरिक पार्टीका तर्फबाट वाग्मतीमा तीनजनाले नाम फिर्ता लिएका छन् ।

सबै पार्टीका तर्फबाट गरी प्रतिनिधिसभातर्फ नौ, प्रदेश–१ मा ६, मधेस प्रदेशमा दुई, वाग्मतीमा १०, गण्डकी प्रदेशमा एक र लुम्बिनी प्रदेशमा एकजनाले नाम फिर्ता लिएका उपन्यायाधिवक्ता वाग्लेले जानकारी दिए ।

नाम फिर्ता लिएका व्यक्तिका दललाई अब आयोगबाट जानकारी गराइने उनले बताए । “बन्दसूचीमा नामावली भएकाले फिर्ता लिएपछि यो–योले फिर्ता लिए भनेर जुन–जुन दलका तर्फबाट फिर्ता लिएका हुन्, सो दललाई फेरि उनीहरूको ठाउँमा अर्को मान्छे मिलाएर पठाउन पत्राचार गरिन्छ,” उनले  भने ।

आयोगले उक्त बन्दसूचीमा सूचीकृत कुनै उमेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा उनीहरूलाई सोमबार मध्याह्न १२ बजेसम्मको समय निर्धारण गरेको थियो ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब