काठमाडौं । मंसिर ४ मा हुने चुनावमा करिब ७५ हजार नेपाली सेना परिचालन हुने भएका छन् ।
निर्वाचनको एकीकृत सुरक्षा योजना अनुसार करिब ७५ हजार नेपाली सेना परिचालन हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
चुनावको मतपत्र छपाई भइरहेको जनाक शिक्षा सामग्री केन्द्रमा १४३ जना सैनिकको टोली खटिएको छ । मतपत्र ढुवानी लगायतका काममा नेपाली सेना परिचालन हुने सैनिक प्रवक्ता नारायण सिलवालले जानकारी दिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा सेना परिचालन गर्न स्वीकृती दिइसकेकी छन्
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved