भारतको जितमा कोहली नायक

  • कार्तिक ६, २०७९ | ४२६ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । विराट कोहली र हार्दिक पन्ड्याले पाँचौँ विकेटका लागि ११३ रनको साझेदारी गरेपछि भारतले आइतबार आईसीसी ट्वान्टी २० विश्वकपमा चिरपरिचत प्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध ४ विकेटको रोमाञ्चक जित निकालेको छ ।

पाकिस्तानले प्रस्तुत गरेको १६० रनको लक्ष्य भारतले निर्धारित २० ओभरमा ६ विकेटले पूरा गर्‍याे । अन्तिम ओभरमा भारतलाई जितका लागि १६ रन आवश्यक थियो । कप्तान बाबर आजमले मोहम्मद नवाजलाई बलिङको जिम्मेवारी दिएका थिए । नवाजले पहिलो बलमै ४० रन बनाएका हार्दिक पन्ड्यालाई कप्तान बाबरमार्फत क्याच गराएका थिए । दोस्रो बलमा एक रन दिएका नवाजले तेस्रो बलमा दुई रन दिए । 

भारतलाई जितका लागि तीन बलमा १३ रन आवश्यक थियो । चौथो बलमा नवाजको ‘नो बल’ मा कोहलीले छक्का प्रहार गरे । यही नै पाकिस्तानलाई महँगो साबित भयो । लगत्तै बलमा नवाजले वाइड फालेपछि भारतको दबाब झनै कम भएको थियो । चौथो बलमा कोहलीले तीन रन लिए । पाँचौँ बलमा कार्तिकलाई विकेटकिपर मोहम्मद रिजवानमार्फत स्टम्फआउट गरे पनि अन्तिम बल वाइड फालेपछि भारतलाई जितका लागि एक रनमात्र आवश्यक पर्‍याे । अन्तिम बलमा आश्विनले एक रन लिँदै भारतको जित सुनिश्चित गरे ।

त्यसअघि ६.१ ओभरमा ३१ रन जोड्दा भारतले चार विकेट गुमाइसकेको थियो । त्यस अवस्थामा कोहली र पन्ड्याले ११३ रनको साझेदारी गर्दै भारतलाई जितउन्मुख गराएका थिए । विराट कोहलीले अविजित ८२ रन बनाउँदा पन्ड्या ४० रन जोडे । १९.१ ओभरमा पन्ड्या आउट हुँदा भारत १४४–५ को अवस्थामा थियो । त्यसपछि कोहली र रविचन्द्रन आश्विनले भारतको इनिङ्स टुङ्ग्याएका थिए । 

कोहलीले ५३ बलमा ६ चौका र चार छक्का प्रहार गर्दै ८२ रन बनाए । पाकिस्तानका ह्यारिस रौफ र मोहम्मद नवाजले समान दुई विकेट लिए । नसिम साहले एक विकेट लिए ।

यसअघि मेलबर्न क्रिकेट रंगशालामा टस हारेपछि ब्याटिङमा निम्त्याइएको पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५९ रनको योगफल खडा गरेको थियो । 

दोस्रो ओभरको पहिलो बलमै कप्तान बाबर आजम ‘गोल्डेन डक’ हुँदा अर्का ओपनर मोहम्मद रिजवान चार रन बनाएर पभेलियन फर्किए । चौथो ओभरको अन्तिम बलमा रिजवान आउट हुँदा पाकिस्तान १५–२ को अवस्थामा थियो । त्यसपछि दबाबमा आएको पाकिस्तानको इनिङ्स इफ्तिखर अहमेद र सान मसुदले सम्हालेका थिए ।

इफ्तिखरले ३४ बलमा दुई चौका र चार छक्कासहित ५१ रन बनाएका थिए । सान मसुद ५२ रनमा अविजित रहे । दुईले तेस्रो विकेटका लागि ७६ रनको साझेदारी गरेका थिए ।

नवौँ नम्बरमा ब्याटिङका लागि मैदान आएका साहिन साह अफ्रिदीले आठ बलमा एक चौका र एक छक्कासहित १६ रन बनाए । यसबाहेक पाकिस्तानका कुनै ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङमा भारतबाट ट्वान्टी–२० विश्वकपमा ‘डेब्यु’ गरेका अर्सदीप सिंहले तीन विकेट लिए । उनले आफ्नो इनिङको पहिलो बलमै बाबरलाई पभेलियको दिशा देखाएका थिए । चार ओभर बलिङ गरेका अर्सदीपले ३२ रन खर्चिदा पाकिस्तानका कप्तान बाबर आजम, मोहम्मद रिजवान र आसिफ अलिको विकेट लिएका थिए । 

यस्तै, हार्दिक पन्ड्याले पनि तीन विकेट लिँदा मोहम्मद सामीले दुई विकेट हात पारे । 

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब