सांसद उम्मेदवार किर्ते अभियोगमा जेलमा

  • कार्तिक १८, २०७९ | ४४९ पटक पढिएको | सीमा संदेश
alt

बाँके । राष्ट्रिय जनमुक्ति पार्टीबाट बाँके क्षेत्र नं. २ का उम्मेदवार बनेकी विद्या शर्मा सरकारी कागजात किर्ते गरेको आरोपमा जेल पर्नुभएको छ । नेपालगञ्जका ‘राजनीतिक हस्ती’ डा. धवलशमशेर राणा, मो. इस्तियाक राईसँग चुनावी प्रतिस्पर्धा गर्ने अठोटका साथ उम्मेदवार बनेकी शर्माले असोज २३ गते नेपालगञ्जस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो ।

‘घर’ चुनाव चिह्न र ‘देश बचाऔं, देश बनाऔं’ नारा रहेको उक्त पार्टीले ‘नयाँ नेपाल निर्माणको संवाहक’ विद्या शर्मा लेखिएको पर्चा समेत बनाइसकेको छ । तर, सरकारी कागजात किर्ते गरेको आरोपमा अदालतले पुर्पक्षका लागि थुनामा पठाएको शर्माले जेलभित्रबाटै चुनाव लड्नुपर्ने देखिएको छ ।

शर्मालाई हाल बर्दिया कारागारमा राखिएको छ । उक्त कारागारका जेलर सन्तोष विकले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘सरकारी कागजात किर्तेमा विद्या शर्मालाई बाँकेबाट बर्दिया कारागारमा ल्याइएको छ ।’बाँके जिल्ला अदालतले शर्मालाई छोरीको जन्मदर्ता किर्ते गरेको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । अदालतको आदेशपछि जेल पुगेकी शर्मासँग यसबारेमा बुझ्न खोज्दा उहाँसँग सम्पर्क हुन सकेन ।

शर्माको घर नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १५ मा पर्छ भने माइती वडा नं. १६ मा छ । छोरीको जन्मदर्ता वडा नं. १६ बाट बनाएकी शर्माले छोरीको नयाँ जन्मदर्तामा उमेर घटाएको पाइएको बाँके प्रहरीको भनाइ छ । सूचकले भरेको अनुसूचीका आधारमा अधिकारीहरूले जन्मदर्ता गराइदिने गर्दछन् । यस्तोमा ‘गल्ती’ भेटिएमा सूचकलाई कारबाही हुन्छ । मिलोमतोमा भएको पाइएमा जारी गर्ने अधिकारी पनि तानिन्छन् । उहाँमाथि आफ्नी सानी छोरीको जन्मदर्तामा आफैंले ‘केरमेट’ गरेर ठूली छोरीको नाम लेखेको आरोप लागेको छ ।

जेलमा रहेकी शर्माको उम्मेदवारी के हुन्छ ? भन्ने जिज्ञासामा सहायक निर्वाचन अधिकृत नुमानन्द अधिकारीले दोषी ठहर नभएसम्म उहाँको उम्मेदवारी कायम रहने बताउनुभयो ।शर्माको मुद्दा उच्च अदालतमा पुगेको छ । जिल्लाको थुनछेकको आदेश बदर गरी पाउँ भन्दै उच्च अदालतमा मुद्दा हालिएको छ । उच्च अदालतमा पुगेको यस्तो मुद्दालाई ७३ नम्बरको मुद्दा भन्ने गरिन्छ । यस्तो मुद्दामा हप्तामा एकपटक बिहीबार मात्रै बहस हुने गर्दछ । कात्तिक २४ गते र मङ्सिर १ गते बिहीबार परेको छ । यो दुई दिनमा शर्माको मुद्दाको टुंगो के हुन्छ हेर्न बाँकी छ । सफाई पाएमा बाहिर निस्केर चुनाव लड्ने अवस्था रहन्छ भने टुंगोमा नलागेमा जेलभित्रबाटै चुनाव लड्नुपर्ने हुन्छ । कथंकदाचित दोषी ठहर भएमा उम्मेदवारी रद्द हुने जानकारी दिँदै कानून व्यवसायी लोकबहादुर शाहले भन्नुभयो– ‘सरकारी कागजात किर्तेमा सात वर्षसम्म कैदको व्यवस्था रहेको छ ।’

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब