सिरहा, १८, कार्तिक । सिरहामा हाल सम्म निर्वाचन आचारसंहिता उल्लंघन गर्ने चार जनालाई करवाहीका लागि २४ घण्टे स्पष्टीकरण सोधेको छ । निर्वाचनलाई असर पर्ने गरी विभिन्न दोसप्रभाव पर्ने प्रचार प्रसार संमलग्न एक जना शिक्षक र तीन जना उमेदवार रहेका छन् ।
निर्वाचन आचारसंहिता विपरित कार्य गर्ने शिक्षक जिवछ यादबलाई आचारसंहिताको दफा १० मा विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने व्यवस्था छ । सोही दफाको खण्ड (ज) मा सामाजिक सञ्जालमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जाल मार्फत मत माग्न नहुने व्यवस्था छ ।
‘तपाईं सरकारी विद्यालयको शिक्षक रहेको व्यक्तिले अमुक दलको निर्वाचन प्रचारप्रसार गर्न हुन्छ, हुँदैन ? तपाई सरकारी विद्यालयको शिक्षक रहेको व्यक्ति दलको राजनीतिक गतिविधिमा तथा प्रचारप्रसारमा संलग्न हुनुभएको तथा शिक्षक पदमा बहाल रहँदै कुनै दलको सदस्य बन्नु भएको होइन भन्ने आधार कारण के छ ?’ स्पष्टीकरणमा भनिएको छ, ‘यदि तपाईं दलका राजनीतिक गतिविधिमा संलग्न हुनु भएको हो भने तपाईंलाई निर्वाचन आचारसंहिताको उल्लंघनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ का उपदफा (३) बमोजिम तथा प्रचलित सेवा सम्बन्धी कानून बमोजिम कारवाही किन हुनु नपर्ने हो ?’ भनी स्पष्टीकरण सोधेको छ ।
त्यसैगरी हाम्रो नेपाली पार्टिको सिरहा क्षेत्र नं. २ को प्रतिनिधि सभा उमेदवार शिव शंकर यादब, प्रदेश सभा (क) को उमेदवार राजलाल यादब र प्रदेश सभा (ख) को उमेदवार योगेस कुमार सिँहलाई लौरो चिन्हलाई भ्रमक प्रचार प्रसार गरको भन्दै निर्वाचन आचारसंहिता, २०७९ को दफा १३, जुलुस, आमसभा, कोणसभा, बैठक वा भोला गर्दा पालना गर्नुपर्ने आचारण अन्तर्गत खण्ड (घ) मा ‘जुलुश वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिशर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याज, मास्क वा लकेट लगाउन वा झोला बोक्न नुहुने’ व्यवस्था रहेको उल्लेख गर्दै स्पष्टीकरणपत्रमा भनिएको छ, ‘तपाईँले निर्वाचन प्रचारप्रसारको क्रममा आफ्नो नाम अंकित टिशर्टको प्रयोग गर्दा गराउँदा निर्वाचन आचारसंहिताको उल्लङघन हुँदैन भनी पुष्ट्याईँ गर्ने आधार कारण के छ ?
स्पष्टीकरण पत्रमा अगडि भनिएको छ ‘तपाईंबाट जानाजान रुपमा उक्त कार्य भएको भए तपाईँलाई निर्वाचन आचारसंहिताको उल्लङ्घनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम जरिबाना किन गर्नु नपर्ने हो? यो पत्र तपाईंलाई कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग नेपालमा स्वयम् उपस्थित भई वा आफ्नो प्रतिनिधि उपस्थित गराई लिखित स्पष्टीकरण पेश गर्नुहोला ।’ पत्रमा अन्यथा प्रचलित कानुन बमोजिम कारवाही हुने व्यहोरा जिल्ला निर्वाचन कार्यालय सिरहाको प्रमुख इन्दिरा यादबले बताइन् ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved