चुनावविरोधी समूहमाथि सरकारको उच्च निगरानी : विभिन्न ठाउँबाट १ सय १५ जना पक्राउ

  • कार्तिक २९, २०७९ | ३८२ पटक पढिएको | सीमा संदेश
alt

काठमाण्डाै । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव बहिष्कार गरेका समूहमाथि सरकारले उच्च निगरानी थालेको छ । देशका विभिन्न ठाउँबाट चुनाव बिथोल्ने गतिविधि गर्ने तयारीमा रहेका समूहका १ सय १५ जना पक्राउ परेका नेपाल प्रहरीको तथ्याङ्क छ । तीमध्ये ११ जनाविरुद्ध मुद्दा दर्ता गर्ने तयारी छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईका अनुसार चुनाव बहिष्कार गर्ने समूहमाथि उच्च निगरानी थालिएको छ । नेत्रविक्रम चन्द विप्लवसहित केही दल तथा समूह चुनाव बहिष्कार गर्ने घोषणा गरी विरोधी गतिविधिमा संलग्न छन् ।

२० भन्दा धेरै समूह सक्रिय रहेकाले सुरक्षा चुनौती बढेको गृह मन्त्रालयको निष्कर्ष छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले केही दल तथा समूह चुनाव विरोधी गतिविधिमा संलग्न रहेका तर चुनावलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न कार्ययोजना बनाएर काम भइरहेको बताउनुभयो । चुनाव विरोधी गतिविधि गर्ने र कानुन हातमा लिन खोज्ने समूहलाई निगरानी भइरहेको र त्यस्ता गतिविधिमा संलग्न भएको पाइएमा आवश्यक कारबाही गर्ने गृह मन्त्रालयले जनाएको छ ।

चुनावलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गर्न सुरक्षा विशेष योजना बनाएर लागू गरिएको गृह प्रवक्ता पोखरेलको भनाइ छ । उहाँले मतदाता तथा चुनावमा खटिने कर्मचारी, उम्मेदवारलगायत सबैको सुरक्षा सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।

गृह प्रवक्ता पोखरेलले विरोधी समूहलाई पनि शान्तिपूर्ण रुपमा चुनावमा भाग लिन आग्रह गर्नुभएको छ । मंसिर ४ को चुनावमा तीन घेराको सुरक्षा प्रबन्ध हुनेछ । पहिलो घेरामा नेपाल प्रहरी तथा म्यादी प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालन हुँदैछन् । चुनाव आउन अब ५ दिन मात्रै बाँकी छ ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब