सेवाबापत इन्धन माग्ने प्रहरीलाई जिल्ला झिकाइयो

  • माघ १३, २०७९ | ४४७ पटक पढिएको | सीमा संदेश
alt

तनहुँको देवघाट इलाका प्रहरी कार्यालयमा रहेर सेवाग्राहीलाई सेवा दिएबापत कार्यालयको सवारीसाधनका लागि इन्धन लिने कार्यालयका इन्चार्ज वरिष्ठ सइ भेषराज रेग्मीलाई जिल्ला झिकाइएको छ। 

चेकिङमा परेका मोटरसाइकल, झगडा गरेर वा दुर्घटना प्रमाणित गर्न कार्यालय आएका सेवाग्राहीहरूसँग प्रहरीले इन्धन माग्ने गरेको समाचार नयाँ पत्रिकामा प्रकाशन भएपछि उनलाई जिल्ला लगिएको हो। यस विषयमा प्रहरीले थप अनुसन्धान गर्दैछ। 

बिलबुक नभएकाले एक बाइकलाई  बिलबुकविना नै छाड्नका लागि आफ्नो कार्यालयमा रहेको गाडीमा ५० लिटर डिजल हाल्दिन माग गरेपछि प्रहरी कार्यालयको बदमासी सार्वजनिक भएको थियो। 

देवघाट इलाका प्रहरी कार्यालय इन्चार्ज वरिष्ठ सइ भेषराज रेग्मीले यो विषय स्वीकार पनि गरेका थिए। रेग्मीले बजेट चल्ने कार्यालय नभएको र कार्यालयमा गाडी आएको १५ दिन मात्र भएकाले बजेट नहुँदा आफूहरूले यसरी नै कार्यालयको गाडी चलाउन लागेको बताको भिडियो नयाँ पत्रिकासँग छ।

उनले भिडियोमा भनेका छन्, ‘गाडी आएको बल्ल १५ दिन भयो, लेखापढी भएको छ। बजेट आयो भने अर्को सालबाट आउँछ। कहिले बाइकवालालाई गर्नुपर्ला, कहिले झगडा गर्नेलाई गर्नुपर्ला, कहिले दुर्घटना प्रमाणित गर्दिनु भनेर कार्यालय आउनेलाई गर्नुपर्ला। अस्ति एउटा आएको थियो। मैले दुर्घटना प्रमाणित गर्दिएको तेल हाल्नुस् है भनेर २५ सय रुपैयाँ पैसा दिनुभयो २४ सय ७० रुपैयाँको तेल हालेर आएँ।’

सेवाग्राहीसित इन्धन माग्ने गरेको आरोप लगाए पनि रेग्मी भने जबर्जस्ती गरेर इन्धन नमागेको बताउँछन्। उनले भने, ‘नेपाल प्रहरीको ट्रेन्ट नै यस्तै छ, फोन गरेर बार्गेनिङ गरेको छैन।’

यद्यपि, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं सूचना अधिकारी पोषराज पोखरेलले प्रहरीको सवारीसाधनलाई सुरुदेखि नै इन्धन दिने गरेको बताए। ‘विगतमा गाडी दिएको धेरैपछि मात्र इन्धन दिने गरेको भए पनि शोधभर्ना हुने गरी गाडी पाएको दिनदेखि नै इन्धन दिने व्यवस्था गरेका छौँ। तत्कालका लागि सोही कार्यालयको मौज्दातबाट व्यवस्था गर्नुपर्छ। गाडीसँगै इन्धन नदिए पनि हामी गाडी आएकै दिनदेखिको खर्च केही समयपछि पठाउँछौँ। स्थानीय पालिकासँग औचित्य र पारदर्शी हिसाबमा लिन मिल्यो, तर अरसँग, सेवाग्राहीसँग लिन मिल्दैन। म सम्बन्धित कार्यालयलाई भन्छु,’ पोखरेलले नयाँ पत्रिकालाई भने। अहिले तनहुँको देवघाट इलाका प्रहरीसँग बा.१झ ७४३३ नम्बरको प्रहरी भेन छ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब