उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनुपर्ने निर्वाचन आयोगको निर्णय

  • फागुन २६, २०७९ | ४३७ पटक पढिएको | सीमा संदेश
alt

निर्वाचन आयोगले उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनुपर्ने निर्णय गरेको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपति फरक–फरक लिङ्ग वा समुदायको हुनुपर्ने संवैधानिक व्यवस्थाअनुरूप पुरुष उम्मेदवारको नाम मनोनयन नगर्न आयोगले निर्देशन दिएको छ ।

‘२०७९ साल फागुन २५ गते सम्पन्न भएको राष्ट्रपतिको निर्वाचनमा खस-आर्य समावेशी समूहका पुरुष व्यक्ति श्री रामचन्द्र पौडेल निर्वाचित हुनुभएको हुँदा स्वीकृत निर्वाचन कार्यक्रम अनुसार यही फागुन २७ गते उपराष्ट्रपति पदको मनोनयनपत्र दर्ता गर्दा राष्ट्रपतिको पदमा निर्वाचित व्यक्तिको लिङ्ग (पुरुष) वा समुदाय (खस आर्य) भन्दा फरक लिङ्ग (महिला वा अन्य) वा फरक समुदाय दलित, आदिवासी जनजाति, मधेसी, (थारु वा मुस्लिम) को व्यक्तिको मनोनयनपत्र मात्र दर्ता गर्ने ब्यहोरा उल्लेख गरिएको छ’ आयोगले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

उपराष्ट्रपतिको चुनाव चैत ३ गते हुँदै छ । शनिवार बिहान ९ बजेदेखि २ बजेसम्म मनोनयन दर्ता गराउने समय तोकिएको छ ।

Vice_President_Nomination-1_DkVvWsPHez

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब