आउँदो वर्ष बिदाका दिन पनि विभिन्न सरकारी कार्यालय खुल्ने

  • चैत ३, २०७९ | ४९० पटक पढिएको | सीमा संदेश
alt

सार्वजनिक बिदामा पनि सरकारी कार्यालय खुल्ने भएका छन् ।

आउँदाे वर्ष २०८० सालको सार्वजनिक बिदा राजपत्रमा प्रकाशित भएको छ । राजपत्रमा बिदाका दिन पनि विभिन्न सरकारी कार्यालय खुल्ने उल्लेख गरिएको हो ।

बिदाका दिन नागरिकता, राहदानी, भन्सार तथा राजस्व सम्बन्धी सेवा, सवारी अनुमति पत्र लाइसेन्स, सवारी साधन दर्ता तथा नवीकरण लगायत यातायात व्यवस्थापन सम्बन्धी सेवा, खानेपानी, भेटेरिनरीलगायत सेवाका कार्यालयहरु खुल्नेछन् ।

यस्तै, प्रदेश सरकार र पालिकाले तोकेका सार्वजनिक सेवा प्रवाह सम्बन्धी अन्य सेवा, बैङ्किङ तथा बीमा सम्बन्धी कारोबार पनि बिदाका दिन हुनेछन् ।

अस्पताल, दुरसञ्चार (साइबर सेक्युरिटी तथा इन्टरनेसमेट), अध्यागमन, फोहरमैला व्यवस्थापन, फायरबिग्रेड, टक्सार, रेडियो नेपाल, नेपाल टेलिभिजन, मुद्रण विभाग, हुलाक, शान्ति सुरक्षा, विपद् आदिजस्ता रोजाना र आकस्मिक सेवा प्रदान गर्ने मन्त्रालय, विभाग तथा कार्यालयले सार्वजनिक बिदाका दिनमासमेत दैनिक काम नरोकिने गरी सेवा प्रवाह गर्नुपर्नेछ । तर, सार्वजनिक बिदाका दिन सेवा प्रवाह गर्न खटिने कर्मचारीले त्यसरी खटिएबापत सट्टा बिदा पाउनेछन् ।

२०८० सालमा शनिवारबाहेक विभिन्न चाडपर्व, दिवस र जन्मजयन्ती गरी ३५ दिन सार्वजनिक बिदा दिइएको छ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब