नेपालमा दैनिक १९ आत्महत्या, ४८ महिनामा २६ हजार घटना

  • चैत २४, २०७९ | ३८६ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । नेपालमा पछिल्लो चार वर्ष अर्थात ४८ महिनामा २६ हजारभन्दा बढीले आत्महत्या गरेका छन् । यो तथ्यांकले दैनिक औसतमा १७ जनाभन्दा धेरैले आत्महत्या गरेको देखाउँछ । पछिल्ला केही वर्षमा भने यो संख्या दैनिक १९ सम्म पनि पुगेको छ ।

प्रहरी प्रधान कार्यालयको तथ्यांकले अनुसार आर्थिक वर्ष ०७७/७८ मा ७ हजार १४१ जनाले आत्महत्या गरेका छन् । यो दैनिक १९ जनाभन्दा बढी हो ।

आर्थिक वर्ष ०७८/७९ को सोही अवधिमा ६ हजार ८३० आत्महत्याका घटना भएका थिए । यो दैनिक १८ जनाभन्दा धेरै हो ।

आर्थिक वर्ष ०७६/०७७ मा ६ हजार २५२ जनाले आत्महत्या गरेको पाइएको छ । आर्थिक वर्ष ०७५/०७६ मा ५ हजार ७८५ जनाले आत्महत्या गरेका छन् ।

चालु आर्थिक वर्षको ६ महिनामा भने ३ हजार १६४ जनाले आत्महत्या गरेको देखिन्छ । प्रहरी तथ्यांकमा महिलाभन्दा पुरुषले बढी आत्महत्या गर्ने गरेको देखिएको छ । यसबाहेक पछिल्लो समय बालबालिकाले पनि आत्महत्याको बाटो रोजेको देखिन्छ ।

प्रहरीकै तथ्यांकअनुसार झुन्डिएर आत्महत्या गर्ने बढी छन् । यसबाहेक खोलामा हामफालेर, विषादी सेवन गरेर पनि आत्महत्या गर्ने बढी छन् ।

प्रहरी अधिकारीहरू नेपाल विश्वमा बढी आत्महत्या हुने देशहरूमध्ये शीर्ष १५ देशभित्र पर्ने बताउँछन् । चालु आर्थिक वर्षमा आत्महत्या गर्नेको संख्या बढ्नुको पछाडि कोरोना महामारीले उत्पन्न गरेका कारणहरू पनि रहेको प्रहरी अधिकृतहरूले बताएका छन् । व्यापारमा घाटा, बैंकको ऋणलगायत कारणले कतिपयले आत्महत्याको बाटो रोजेको देखिन्छ ।

तर, धेरैजसो आत्महत्यामा सम्बन्धमा भएको प्रेममा धोका, मानसिक तनाव, पारिवारिक तनाव, बेरोजगारी, कमजोर आर्थिक अवस्था मुख्य कारण रहेको पाइएको छ ।

प्रहरी प्रवक्ता डीआईजी पोषराज पोखरेल सामाजिक सञ्जालमा आएका विकृती, कोरोना महामारीले निम्त्याएको संकट, गरिबीलगायत विविध कारणले आत्महत्याका घटना बढ्दै गएको बताउँछन् ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब