सिरहा, २४ चैत । शहिद हेमनारायण यादब गोल्डकप फुटबल प्रतियोगिताको उपाधी घरेलु टोली सलहेश युवा कल्व सिरहाले जितेको छ ।
सिरहा क्याम्पसको खेल मैदानमा भएको फाइनल खेलमा घरेलु टोली सलहेश युवा कल्वले २–० गोल अन्तरले वीरगंज युनाईटेड पर्सालाई पराजित गरी उपाधी उचालेको हो ।
सलहेश युवा कल्व सिरहाले दुवै गोल मध्यान्तरभन्दा पहिलो हाफमा गर्न सफल भएको थियो । मध्यान्तरपछि दुवै टोलीवाट गोलको प्रयास भएपनि गोल हुन सकेन ।
उपाधी विजेता सलहेश युवा कल्वलाई २ लाख ५१ हजार नगद र गोल्डक ट्रफी प्रदान गरिएको छ । यस्तै उपविजेता वीरगंज युनाईटेडलाई १ लाख ५१ हजार नगद र ट्रफी प्रदान गरिएको आयोजक सलहेश युवा कल्वका अध्यक्ष राजिब यादवले बताएका छन् ।
फाइनल खेलको उत्कृष्ट खेलाडी वीरगन्ज युनाईटेड पर्साको शिशस् थपा र हाएर स्कोर सागर चौधरी भएका छन् । दुवै खेलाडीलाई ट्फी र नगद रु. ३ हजार र रु. ५ हजार प्रदान गरिएको छ।
सहलेश युवा क्लव सिरहाबाट बेस्ट गोलकिपको पुरस्कार मनोज प्रधान र बेस्ट प्लेयर रवि राखाल भएका छन् । दुवै खेलाडीलाई ट्फी र रु ५ हाजर नगद प्रदान गरिएको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved