स्वास्थ्य बिमा सेवा ७७ जिल्ला र ७४८ स्थानीय तहमा विस्तार

  • चैत २४, २०७९ | ४१५ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । स्वास्थ्य बिमा बोर्डको सेवा ७७ जिल्ला र ७४८ स्थानीय तहमा विस्तार भएको छ । बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाका अनुसार सेवा विस्तारमा बोर्डले विशेष ध्यान दिएको छ ।

स्वास्थ्य बिमाबारे आज आयोजित अन्तरक्रियामा निर्देशक बसौलाले बिमा सङ्ख्या विस्तार हुने क्रम बढ्दै गएको बताए । उनले बिमालाई प्रभावकारी ढङ्गले सञ्चालन गर्नको लागि सबै तह, निकाय जिम्मेवारी हुनुपर्नेमा जोड दिए । 

“आर्थिक अभावका कारण स्वास्थ्य उपचारबाट वञ्चित हुन नपरोस् भन्ने हेतुले सञ्चालन भइरहेको बिमा सबैको साझा रहेकाले यसको प्रवद्र्धन गर्न सबै जिम्मेवार हुनुपर्दछ,” उनले भने ।

काठमाडौं र ललितपुर महानगरपालिकामा प्रथम सेवा बिन्दुको अभावमा स्वास्थ्य बिमा कार्यक्रम लागु नभएकामा सम्बन्धित अधिकारीसँग छलफल भएको र अब छिट्टै सञ्चालनमा आउने उनले बताए । बिमा कार्यक्रमलाई प्रवद्र्धन गर्न बोर्डले ११ मध्ये १० कार्यविधि तयार पारी कार्यान्वयनमा लगेको उनको भनाइ छ । 

बोर्डका प्रवक्ता शम्भुप्रसाद ज्ञवालीले विसं २०७२ चैत २५ गतेदेखि सञ्चालनमा आएको बिमा कार्यक्रम यही चैत १५ सम्म कूल बिमित जनसङ्ख्या ६४ लाख ५४ हजार ७७२ र सूचीकृत सेवा प्रदायक स्वास्थ्य संस्था ४५६ रहेको बताए ।

गरिबी वर्गको सूचीकरण, नवीकरण नर्सिङ महाशाखाले गर्दै आएको र अति विपन्न परिवारलाई बिमाको दायराभित्र ल्याउन विपन्न नागरिक औषधि उपचार कार्यक्रमको निर्देशिका परिमार्जन गर्ने प्रक्रिया अगाडि बढेको बोर्डले जनाएको छ । बोर्डका अनुसार कूल बिमित जनसङ्ख्यामध्ये हाल सेवा लिनेको सङ्ख्या २८ लाख ९३ हजार ५७२ रहेका छन् ।

लक्षित वर्गको आबद्धतामा अति गरिब बीमित जनसङ्ख्या चार लाख ९८ हजार ७२२ र ज्येष्ठ नागरिक सात लाख ७७ हजार ८१६ रहेका छन् ।

एचआईभी एड्स सङ्क्रमित बिमित सङ्ख्या परिवारका सदस्यसहित ३२ हजार ५३०, अति अशक्त अपाङ्ग बिमित एक लाख २२ १५४, कुष्ठरोग सङ्क्रमित बिमित तीन हजार २४२, टीबी बिमित तीन हजार १७ जना र महिला स्वास्थ्य स्वयंसेविका बिमित एक लाख नौ हजार ६०७ जना रहेको बोर्डले जनाएको छ ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब