मधेश प्रदेश सरकार : एक वर्षमै ४५ करोड बढीको गाडी खरिद

  • वैशाख १, २०८० | ७२१ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम, बैशाख १ गते । मधेश प्रदेश सरकारले एक वर्षको अवधिमा ४५ करोडभन्दा बढिको गाडी खरिद गरेको छ ।

बिहिबार महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८÷७९ को ६०औँ वार्षिक प्रतिवेदनमा सातवटै प्रदेशमध्ये मधेश सरकारले सबैभन्दा बढि ४५ करोड ३१ लाख रुपैयाँ बराबरको गाडी खरिद गरेको उल्लेख छ ।

त्यस्तै, बागमती प्रदेशले ३० करोड ८ लाख, लुम्बिनी प्रदेशले २५ करोड ७३ लाख, कोशी प्रदेशले २१ करोड ७५ लाख, गण्डकी प्रदेशले ९ करोड २२ लाख, कर्णाली प्रदेशले ६ करोड ८७ लाख र सुदूरपश्चिम प्रदेशले १ करोड ५५ लाखसहित १ अर्ब ४० करोड ५१ लाखको सवारीसाधन खरिद गरेको छ ।

सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्नेसम्बन्धी मापदण्ड, २०७७ को दफा ७ ९१० अनुसार नेपाल सरकार अर्थ मन्त्रालयको पूर्व स्वीकृति लिएर मात्र सवारीसाधन खरिद गर्न सकिने व्यवस्था छ ।

सवारी साधन खरिद गर्दा कतिपय कार्यालयले मापदण्डको पालना नगरेको देखिँदा मापदण्डको पालना गरी सवारी साधन खरिदमा मितव्ययिता कायम गर्नुपर्ने महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब