सिरहा, २६ बैशाख । मधेश प्रदेशकै प्रथम सुविधा सम्पन् प्रादेशिक अस्पताल सिरहा दाताहरुका मुख्य केन्द्र विन्दु बनिरहेको छ । मेसु डा. नागेन्द्र प्रसाद यादबको नेतृत्वमा प्रादेशिक अस्पताल सिरहाका सेवा तथा व्यवस्थापन कुशलतापूर्व विकासित भईरहदा दाताहरु सेवालाई प्रभावकारी बनाउन खुलेर सहयोग गरिरहेका छन्।
प्रादेशिक अस्पताल सिरहाको आयोजनमा ओजार उपकरण र सर्जिकल समाग्रीहरु हस्तान्तरण कार्यक्रमा हेल्पिंग ह्यण्ड रियुफ एण्ड डेभलामपेन्ट नामक संस्थाले इन क्यन्ड गिफट कार्यक्रम अन्तर्गत करिव रु. ८० लाख मोल बमोजिमको १ सय १६ वटा ओजार उपकरण तथा सर्जिकल समाग्री अनुदानमा मधेश प्रदेशको मुख्यमन्त्री सरोज कुमार यादबद्धारा हस्तान्तरण गरको छ ।
त्यसैगरी मुख्यमन्त्री यादबले प्रादेशिक अस्पताल भित्र संचालन भएको जिम सेन्टरको पनि उद्घाटन गरको छ भने अस्पताल क्षेत्रमा चन्दनको विरुवा पनि रोपेका छन् । यादबले मधेश प्रदेशकै आठवटा जिल्लामा रहेको प्रादेशिक अस्पताललाई १०० वेड बनाई सुविधा सम्पन बनाउने घोषणा गरको छ । प्रादेशिक अस्पताल सिरहामा रहेको भवन अभावलाई पनि आउने आ.व.मा थप बजेट विनियोजन गरी भवन निर्माण गर्र्ने पनि बताउनु भयो।
अब आउने आ.व.मा प्रदेशको सबै जिल्लामा प्रदेश सरकारबाटै नमूनका रुपमा दुईवटा विद्यालय संचालन गर्ने र पछि प्रत्येक स्थानीयतहमा पनि दुई दुईवाट विद्यालय संचालनमा ल्याउने योजना रहेको पनि बताउनु भयो ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved