प्रादेशिक अस्पताल सिरहा दाताहरुको मुख्य केन्द्र विन्दु बन्दै, हेल्पिंग ह्यण्ड संस्थाबाट रु.८० लाखको सहयोग सुविधा सम्पन बनाउने मधेस प्रदेश प्रमुख्यमन्त्री सरोज कुमार यादबको प्रतिवद्धता

  • वैशाख २६, २०८० | ९८८ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, २६ बैशाख । मधेश प्रदेशकै प्रथम सुविधा सम्पन् प्रादेशिक अस्पताल सिरहा दाताहरुका मुख्य केन्द्र विन्दु बनिरहेको छ । मेसु डा. नागेन्द्र प्रसाद यादबको नेतृत्वमा प्रादेशिक अस्पताल सिरहाका सेवा तथा व्यवस्थापन कुशलतापूर्व विकासित भईरहदा दाताहरु सेवालाई प्रभावकारी बनाउन खुलेर सहयोग गरिरहेका छन्।

प्रादेशिक अस्पताल सिरहाको आयोजनमा ओजार उपकरण र सर्जिकल समाग्रीहरु हस्तान्तरण कार्यक्रमा हेल्पिंग ह्यण्ड रियुफ एण्ड डेभलामपेन्ट नामक संस्थाले इन क्यन्ड गिफट कार्यक्रम अन्तर्गत करिव रु. ८० लाख मोल बमोजिमको १ सय १६ वटा ओजार उपकरण तथा सर्जिकल समाग्री अनुदानमा मधेश प्रदेशको मुख्यमन्त्री सरोज कुमार यादबद्धारा हस्तान्तरण गरको छ ।

त्यसैगरी मुख्यमन्त्री यादबले प्रादेशिक अस्पताल भित्र संचालन भएको जिम सेन्टरको पनि उद्घाटन गरको छ भने अस्पताल क्षेत्रमा चन्दनको विरुवा पनि रोपेका छन् । यादबले मधेश प्रदेशकै आठवटा जिल्लामा रहेको प्रादेशिक अस्पताललाई १०० वेड बनाई सुविधा सम्पन बनाउने घोषणा गरको छ । प्रादेशिक अस्पताल सिरहामा रहेको भवन अभावलाई पनि आउने आ.व.मा थप बजेट विनियोजन गरी भवन निर्माण गर्र्ने पनि बताउनु भयो।

अब आउने आ.व.मा प्रदेशको सबै जिल्लामा प्रदेश सरकारबाटै नमूनका रुपमा दुईवटा विद्यालय संचालन गर्ने र पछि प्रत्येक स्थानीयतहमा पनि दुई दुईवाट विद्यालय संचालनमा ल्याउने योजना रहेको पनि बताउनु  भयो ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब