दुई धुर जग्गामा एक करोड भ्रष्टाचार

  • जेठ ४, २०८० | ५६० पटक पढिएको | सीमा संदेश
alt

नेपाल नेत्र ज्योति संघले खरिद गरेको जग्गामा ठूलो रकमको चलखेल भएको खुलेको छ । ६ महिना पहिला ९ लाख ३२ हजारमा खरिद भएको दुई धुर जग्गा नेपाल नेत्र ज्योति संघ काठमाण्डुले १ करोड ९ लाखमा खरिद गरेको खुलेपछि जग्गा खरिदमा नेत्र ज्योति संघको पदाधिकारीहरुले गरेको चलखेलबारे खुलासा भएको छ ।

२०७९ असोज १२ गते रौतहट जिल्लाको तत्कालीन गाविस चन्द्रनिगाहपुर वडा नम्बर १ किता नम्बर ७२४३ कित्ता नम्बरको दुई धुर जग्गा कल्पना अधिकारीसंग ९ लाख ३२ हजार रहेको जग्गाको मूल्य १ लाख ३२ हजार र घरको ८ लाख गरी रौतहटको चन्द्रपुर नगरपालिका– ९ डुमरिया मटीऔनका धन मायाले खरिद गरेको मालपोतको लिखतबाट देखिएको छ । २०७९ चैत २६ गते गतेमा सोही जग्गा नेत्र ज्योति संघले जग्गाको मूल्यांकन पचास (५०) लाख र घरको लाख मूल्यांकन गरी १ करोड ९ लाखमा खरिद गरेको पारित राजीनामाबाट पुष्टि भइरहेको मालपोत कार्यालय चन्द्रनिगाहपुरका प्रमुख रौशन श्रेष्ठले जानकारी दिए ।

नेपाल नेत्र ज्योति संघद्वारा चन्द्रनिगाहपुरमा संचालित आँखा अस्पतालका डा. रियाजले संघका रौतहट अध्यक्षसंग मिलेमतो गरी ४० लाख भन्दा कम मूल्यमा बिक्री हुने जग्गाको १ करोड ९ लाख रुपैयाँ थैली राखेर बिक्री वितरण गरेको बुझिएको छ । दुई धुरको सो जग्गामा ८ धुर सार्वजनिक जग्गा मिचेर १० धुरमा भवन निर्माण कम्पाउण्ड वाल सहितको निर्माण गरिएको छ ।

डा.रियाजले दुई धुर जग्गा खरिद गरिए पनि कब्जामा १० धुर जग्गा रहेको स्वीकारसमेत गरेका छन् । गौर चन्द्रनिगाहपुर सडक खण्डसंग टाँसिएको नभएको जग्गाको १ करोड ८ लाखमा बिक्री भएको कुरा अपत्यारिलो भएको स्थानीयहरुले बताएका छन् । समाचार स्रोतका अनुसार चन्द्रपुर आँखा अस्पतालमा कार्यरत महिला स्टाफ यशोदा परियारको सासु नाता पर्ने धन मायाको नाउमा ९ लाख ३२ हजार मूल्य राखेर खरिद गरेको जग्गा डा. रियाजले अनुचित रुपमा आर्थिक लाभ लिने उद्देश्यले त्यही जग्गा आफ्नै संस्थाको नाउमा १ करोड ९ लाख मूल्य देखाएर बिक्री गराएको स्रोतको दाबी छ ।
 
पारित भएको लेखतको ऋणीको नाउँमा सम्पर्क नम्बरको महलमा डा. रियाजको मोबाइल नम्बर ९८५५०११७८६ उल्लेख गरिएको र ऋणी आँखा अस्पतालमा कार्यरत कर्मचारीको नातेदार भएकोले शंकास्पद रहेको छ । नेपाल नेत्र ज्योति संघको प्रतिनिधि नागेश्वर प्रसाद चौधरी हस्ताक्षर गरे पनि छाप गौर आँखा अस्पतालको लगाइएकोले आर्थिक चलखेल भएको सहजै अनुमान लगाउन सकिन्छ । जग्गा पारित गराउँदा लागेको दस्तुर ४ लाख ९० हजार छ सय रुपैयाँ नेत्र ज्योति संघले तिरेको छ भने लाभ कर ७ लाख ४७ हजार ६ सय रुपैयाँ पनि संघले नै दिएको बुझिएकोले यो प्रकरणको निष्पक्ष छानबिन हुनुपर्ने मागसमेत गरिएको छ ।

कोशी घटनाको प्रभाव मधेशभर

सुनसरीको देवानगञ्जमा आइतबार राति भएको प्रहरी–प्रद ...

देवानगञ्ज घटनामा मृतकका परिवारसँग गृहमन्त्रीले गरे

देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा ...

मधेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर ...

साउन १५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १५ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब