मधेश प्रदेशमा एउटा मन्त्रालय थपिने

  • जेठ ५, २०८० | ४१६ पटक पढिएको | सीमा संदेश
alt

सत्तासीन गठबन्धन दलका शीर्ष नेताहरुको बिहीबार बसेको बैठकमा मधेश प्रदेश सरकारको नेतृत्व जनता समाजवादी पार्टी (जसपा) ले नै गर्ने सहमति भएको छ ।

उच्चस्रोतका अनुसार बैठकमा सरकारको पहिलो नेतृत्व जसपाले नै गर्ने तर आलोपालो हुने सहमति रहेको विषयमा चर्चा भएको थियो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा प्रदेश सभामा दलका नेता रहेकाहरु पनि सहभागि थिए । बिहान साढे ८ बजे नै बैठक भएको नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णा यादवले बताए । ‘शीर्ष नेताहरुको समेत उपस्थितिमा भएको बैठक बिना निस्कर्ष टुंगिएको छ’ उनले भने, शीर्ष नेताहरुको उपस्थितिमा शुक्रबार बिहान १० बजे फेरि बैठक बस्नेछ । बैठकमा मधेश प्रदेश दलका नेताहरुले छलफलमा नेतृत्वको दाबी गरे पनि त्यसमा अडान भने लिएनन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले बारा जिल्लाको उपचुनाव अगाडि भएको सहमति अनुसार नेतृत्व परिवर्तन हुनुपर्ने धारणा राखेको सहभागी एकजना सदस्यले बताए ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले बैठकमा सरकार गठन भएदेखि हालसम्मको अवस्थाबारे जानकारी गराएका थिए । सरकारमा एमाले रहेको अवस्था र हटेपछिको अवस्थाबारे उनले जानकारी गराएका थिए । प्रदेशका नेताहरु समेतको सहभागितापछि शीर्ष नेताहरुको छुट्टै भएको बैठकमा मुख्यमन्त्रीलाई निरन्तरता दिने र अन्य सबै दलहरुले मन्त्रीको नाम दिने विषयमा सहमति भएको स्रोतले जनाएका छन् ।

कांग्रेसलाई ३ वटा मन्त्रालय र जसपालाईपनि ३ वटा मन्त्रालय दिने विषयमा समेत शीर्ष नेताहरुबीच छलफल भएको बताइएको छ । दुबै दलले ३/३ मन्त्रालय लिने भएपछि एउटा मन्त्रालय थपिने स्रोतले जनाएका छन् । हाल सरकारमा जसपाको भागमा अर्थ, स्वास्थ्य तथा जनसंख्या र उर्जा, सिंचाई तथा खानेपानी मन्त्रालय रहेका छन् ।

अर्थ मन्त्रालयमा जसपाका सञ्जय यादव, स्वास्थ्य तथा जनसंख्यामा सुरिता साह र उर्जा, सिंचाई तथा खानेपानीमा रामसिंहान सा कलवार रहेका छन् । माओवादीको भागमा परेको वन तथा वातावरण मन्त्रालयमा सुनिता यादव रहेकी छन् । जनमत पार्टीबाट शिक्षा तथा समाजकल्याण मन्त्री महेशप्रसाद यादव र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वसन्त कुशवाहा छन् । कांग्रेसले ३, नेकपा एसले १ र लोसपाले १ मन्त्रालय पाउने छन् । तर कांग्रेसले ४ मन्त्रालयमा दाबी गरेकाले एउटा मन्त्रालय थपिने संभावना रहेको स्रोतले जनाए ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब