सदनमा सत्तापक्ष र प्रतिपक्षको आक्रोश : भ्रष्टाचार र घुसखोरी अन्त्य गर्न प्रतिबद्धता जनाउन जोड

  • जेठ ५, २०८० | ३५६ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेशसभाको बैठकमा सत्तापक्षसँगै प्रतिपक्षका सांसदहरु आक्रोशित देखिएका छन् । पहिलो अधिवेशनको दशौं बैठकमा बिहीबार सांसदहरु सरकारको काम कारबाहीप्रति असंतुष्टि व्यक्त गरेका हुन् ।

नेकपा एमाले संसदीय दलका उपनेता सांसद दीपेन्द्र ठाकुरले मधेश प्रदेशको समग्र विकासका लागि दलभन्दा माथि उठ्न सांसदहरुलाई आग्रह गरे । भ्रष्टाचार अन्त्य हुन नदिनका लागि सरकार र कर्मचारी दोषी रहेको उनले आरोप लगाए । ‘भ्रष्टाचार न्यूनीकरण एउटा प्रक्रिया हो । सबै जना मिलेर यसको अन्त्य गरौं,’ उनले भने, ‘कर्मचारीले घुस लिन्छन् । तर सांसदहरुले असहमति जनाउँदैन् ।’ नेताहरुले नै घुस लिने कर्मचारीलाई संरक्षण पनि दिएको उनले आरोप लगाए ।

सांसदहरु मौन बस्दा अनेक बहानामा कर्मचारीहरुले घुस लिइरहेको उनको कथन थियो । संघीय सरकारको विभेद विरुद्ध उनले प्रदेशको सांसदहरुलाई कसम खाएर एक ठाउँमा उभिन अनुरोध गरे । ‘संघीय सरकारले निजामती ऐन प्रस्तावना गर्दैनन्, प्रहरी ऐन लागु गर्दैनन् भने हामी सबै सभासदहरु कसम खाउ,’ उनले आक्रोशित हुँदै भने,‘भोलिदेखि बसौं बाटोमा । आन्दोलन गरौं ।’ प्रदेश सांसदहरु एक भए संघीयतालाई कसैले हल्लाउन नसक्ने उनले दाबी गरे ।

जनमत पार्टीका सांसद सतीश सिंहले सरकारले प्रदेशसभालाई बिजनेश नदिएकोमा आपत्ति जनाए । तलव भत्ताको लागि मात्रै सांसद बन्नुको कुनै औचित्य नरहेको उनले बताए । जनताको करको सही सदुपयोग नभएको उनको गुनासो थियो । कृषि क्षेत्र विकासको सँधै आवाज उठे पनि त्यसअनुरुप सरकारको लगानी र काम नभएको उनले बताए । ‘समयमा मल, खाद, बीउ, सिँचाई र बजारीकरणमा धेरै ठूलो समस्या रहेकोछ’ सिंहले भने, सरकारको प्राथमिकतामा यी विषय अझै सम्म परेको छैन् ।

जनता समाजवादी पार्टी (जसपा) का सांसद सरोज सिंह कुशवाहाले सरकारको बचाउ गरे पनि प्रदेशको कर्मचारीप्रति असंतुष्टि जनाए । प्रदेश सरकारले सुशासन र शान्तिको लागि प्रयासरत रहे पनि प्रहरी ऐन कार्यान्वयन नहुँदा आम जनतालाई अनुभूति गराउन नसकेको उनले बताए । सबै सांसदलाई संघीयता बचाउन गम्भीर हुनुपर्ने उनले आग्रह गरे ।

सर्लाहीका स्वतन्त्र सांसद जवाहरलाल कुशवाहाले सय दिनमा सरकारले कुनै काम र उपलब्धि हासिल गर्न नसकेको बताए । ‘सरकारले सय दिनमा कुन–कुन काम ग¥यो सार्वजनिक गर्नुपर्ने कि नपर्ने ? जवाफ दिनुपर्ने कि नपर्ने

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब