वडा अध्यक्ष र नगर उद्योग बाणिज्य संघका उपाध्यक्ष पक्राउ

  • जेठ १०, २०८० | ४६९ पटक पढिएको | सीमा संदेश
alt

जीतपुरसिमरा उपमहानगरपालिका–.७ जीतपुरका वडा अध्यक्षसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वडा अध्यक्ष सुनिल गुप्ता र जीतपुरसिमरा उपमहानगरपालिकाको वरिष्ठ उपाध्यक्ष मनोज गुप्ता रहेका छन् । अपराधिक उपद्रव मुद्दामा दुबै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । जिल्ला अदालतबाट प्रहरीले उनीहरुलाई तीन दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । फकिरा गिरि राजेश्वर गिरि माध्यमिक विद्यालयको जग्गा नाप्ने क्रममा वडा अध्यक्ष गुप्ता र विद्यालयको पछाडिपट्टी जग्गा रहेका राजुराज गिरिबीच विवाद भएको थियो । विवादपछि वडा अध्यक्ष गुप्ताले कम्पाउन्डवाल विद्यालयको जग्गामा परेको भन्दै भत्काएका थिए । त्यस्तै नापीमा असहयोग गरेको भन्दै वडा अध्यक्ष सुनिल गुप्ताले गिरिको घर अगाडि जे.सि.बिले खनी खाल्डो बनाएका थिए । यस बिषयमा गिरि परिवारको तर्फबाट जिल्ला प्रहरी कार्यालय बारामा किटानी जाहेरी परेको थियो ।

अपराधिक उपद्रव मुद्धा के हो ?

दोषी ठहर भएमा अपराधिक उपद्रव गरेको कारणले कसैलाई कुनै हानी, नोक्सानी भएकोमा तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था मुलुकी अपराध संहिता २०७४ मा उल्लेख छ ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ मा अपराधिक प्रवेश तथा अपराधिक उपद्रवसम्बन्धी कसुरको व्यवस्था छ । दफा ३ मा भनिएको छ,‘ (ङ) खण्ड (क), (ख), (ग) वा (घ) मा लेखिएदेखि बाहेक अरु कुनै काम गरी अपराधिक उपद्रव गरेको कारणले कसैलाई कुनै हानि, नोक्सानी भएकोमा तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना ।’संहिताअनुसार हूल हुज्जत गरी वा नगरी अनाधिकृत रुपमा अर्काको स्वामित्व वा कब्जामा रहेको कुनै सम्पत्तिमा त्यस्तो व्यक्तिको अनुमति नलिइ प्रवेश गरेमा वा अनुमति लिइ प्रवेश गरेकोमा त्यस्तो कुनै काम गर्ने नियतले सो सम्पत्तिमा बसिरहेमा, ओगटेमा वा सम्पत्ति उपभोग गरी रहेमा निजले अपराधिक प्रवेश गरेको मानिनेछ ।

कोशी घटनाको प्रभाव मधेशभर

सुनसरीको देवानगञ्जमा आइतबार राति भएको प्रहरी–प्रद ...

देवानगञ्ज घटनामा मृतकका परिवारसँग गृहमन्त्रीले गरे

देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा ...

मधेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर ...

साउन १५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १५ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब