गुजरातलाई हराउँदै चेन्नई बन्यो आईपीएल च्याम्पियन

  • जेठ १६, २०८० | ४२४ पटक पढिएको | सीमा संदेश
alt

चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटको विजेता बनेको छ। चेन्नईले सोमबार राति भएको फाइनलमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्‍यो।

पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय १४ रन बनाएको थियो। गुजरातका साई सुदर्शनले ९६, रिद्धिमान शाहाले ५४, सुबमन गिलले ३९, हार्दिक पान्ड्याले २१ रन बनाए।

वर्षाले प्रभावित खेलमा चेन्नईले १५ ओभरमा एक सय ७१ रन बनाउनुपर्ने लक्ष्य पाएको थियो। चेन्नईका डेभोन कन्वेले ४७, शिभम दुवेले ३२, अजिन्क्या राहानेले २७ र रुतुराज गाइक्वाडले २६ रन बनाए। रविन्द्र जडेजाले १५ रन बनाए। कप्तान महेन्द्रसिंह धोनी गोल्डेन डकआउट भए।

चेन्नईलाई अन्तिम ओभरमा १३ रन चाहिएको थियो भने अन्तिम दुई बलमा १० रन आवश्यक थियो। जडेजाले अन्तिम दुई बलमा छक्का र चौका प्रहार गर्दै साविक विजेता गुजरातलाई निराश बनाए। चेन्नईले आईपीएल सर्वाधिक ५ पटक जित्ने मुम्बई इन्डियन्सको कीर्तिमान बराबरी गरेको छ।

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब