करोडौँ रकम अनियमितता गरेको आरोपमा अख्तियारद्वारा मुद्दा दायर

  • जेठ १७, २०८० | ६४३ पटक पढिएको | सीमा संदेश
alt

४ करोड भन्दाबढी अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय पर्साका तत्कालीन अधिकृत शशिभूषण यादव विरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले गुणस्तर तथा नापतौल कार्यालय पर्साका तत्कालीन वरिष्ठ गुणस्तर अधिकृत यादवविरुद्ध मुद्दा दर्ता गरेको छ । गुणस्तर तथा नापतौल कार्यालय, वीरगञ्जमा कार्यरत वरिष्ठ निरीक्षक शशिभूषण कुमार यादवले नोकरी अवधिभर विभिन्न कार्यालयमा कार्यरत रहँदा आफ्नो परिवारको नाममा जग्गा जमिन खरिद गरी गैररकानुनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको भन्ने उजुरीको आधारमा छानबिन गर्दा यादवले सार्वजनिक सेवा प्रवेश गरेको मिति २०४६ जेठ ८ गते देखि २०७९ साल असार मसान्तसम्मको अवधिमा उनको समग्र आयव्ययको विश्लेषण गर्दा खर्च तथा लगानीतर्फ उनी र उनका एकासंगोलका परिवारको नाममा जग्गा खरिद, घर निर्माण, सवारी साधन खरिद, बीमाको प्रिमियम भुक्तानी, शेयर खरिद, अध्ययन खर्च, विदेश भ्रमण, ऋण/सापटीको साँवा व्याज भुक्तानी, पारिवारिक घर खर्च, विभिन्न शीर्षकमा राजस्व/कर तिरेको र बैङ्क मौज्दातसमेत गरी जम्मा रु.७ करोड २४ लाख ५६ हजार २ सय ६३ रुपैयाँ आर्जन गरेको भेटिएको र उनले आर्जन गरेको सम्पत्तिलाई छानविन गर्दा ४ करोड ४७ लाख रुपैयाँ बढी देखिएपछि उनी र उनको परिवारको नाममा रहेको सम्पत्तिलाई अवैध ठहर गरी मुद्दा दर्ता गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले बताए ।

प्रवक्ता दाहालका अनुसार यादवले गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा ४ करोड ४७ लाख ३४ हजार २ सय १२ रुपैयाँ बिगो र सोही रकमको जरिवाना तथा कैद सजाय माग दाबीसहित मुद्दा दायर गरिएको जानकारी दिए । यादवले सार्वजनिक पदमा रहँदा अख्तियारीको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जेको अख्तियारले अदालतमा दायर गरेको आरोप पत्रमा उल्लेख छ ।

कोशी घटनाको प्रभाव मधेशभर

सुनसरीको देवानगञ्जमा आइतबार राति भएको प्रहरी–प्रद ...

देवानगञ्ज घटनामा मृतकका परिवारसँग गृहमन्त्रीले गरे

देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा ...

मधेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर ...

साउन १५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १५ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब