‘अधिकांश बुँदाहरु पूर्ववत सरकारको कपि पेष्ट’

  • जेठ २२, २०८० | ३७० पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेश सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमहरुको अधिकांश बुँदाहरुलाई पूर्ववत सरकारको कपि पेष्टको रुपमा रहेको टिप्पणी मधेश प्रदेशका सांसदहरुले गरेका छन् ।

आइतबार बसेको प्रदेशसभाको बैठकमा विनियोजन विधेयक २०८०को सिद्धान्त र प्राथमिकता सम्बन्धमा सभामा अर्थ मन्त्री सञ्जय कुमार यादवले पेश गरेको प्रस्तावमाथि बोल्दै सांसदहरुले सो टिप्पणी गरेका छन् । मधेश प्रदेश सरकारलाई सकारात्मक दिशातर्फ डो¥याउन सक्ने प्रकारको कुनै पनि कार्यक्रम नदेखिएकोले यसमा विशेष रुपमा नीति ल्याउनुपर्ने धारणा सांसदहरुले राखेका थिए । सांसदहरुले अझै समय लिएर विज्ञहरुको सुझाव लिएर नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । सांसदहरुले मधेश प्रदेशमा दिनप्रतिदिन लागूऔषध दुव्र्यसनी बढ्दै गएको मात्र नभइ लागूऔषध ओसार पोसारको कुरो होस या लागूऔषध सेवनके कारण अपराधिक क्रियाकलापको अवस्था भयावह रहेको भए पनि नीति तथा कार्यक्रममा यो विषय नपर्नु दूर्भाग्यपूर्ण रहेको बताए । आजको युवा भोलिको देशको कर्णधार भन्छौ तर उनीहरुको मधेश सरकारले कुनै कार्यक्रम नराख्नु हास्यास्पद कुरो रहेको सांसदहरुको कथन थियो । सांसदहरुले मधेश प्रदेश शिक्षामा अत्यन्त पछाडि रहँदा पनि यसलाई प्राथमिकतामा नराख्नु चिन्ताको विषय भएको उनीहरुको कथन थियो । मधेश प्रदेशलाई आर्थिक रुपमा समृद्ध बनाउनका लागि सहकारीमार्फत अभियान संचालन गर्नुपर्नेमा सांसदहरुले विशेष जोड दिएका थिए ।

त्यसै गरि सांसदहरुले गाँजाको खेतीको अध्ययनको लागि समेत प्रदेश सरकारले नीति ल्याउनुपर्ने जोड दिइएको थियो । विनियोजन विधेयक नीति तथा कार्यक्रमको एउटा सानो अंग भए पनि विनियोजन विधेयक बजेटको लागि महत्वपूर्ण रहेको सांसदहरुको ठम्याइ थियो । सभामा सांसदहरु दीपेन्द« ठाकुर,मनोज कुमार सिंह ,श्याम प्रसाद पटेल,रामअशिष यादव,जिवछी कुमारी यादव तथा जवाहरलाल कुशवाहालगायतका सांसदहरुले विनियोजन विधेयकमाथि आफ््नो धारणा राखेका थिए ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब