धनुषा प्रहरीको ठूलो सफलता, ७ सय ९ फरार अभियुक्त पक्राउ

  • जेठ २८, २०८० | ३६० पटक पढिएको | सीमा संदेश
alt

इलाका प्रहरी कार्यालय महेन्द्रनगरको थुनुवाबाट फरार ६ जना मध्येका एक अभियुक्त भारतबाट पक्राउ परेका छन् । उनीहरु ०७९ माघ १५ गते फरार भएका थिए । धनुषा प्रहरीको निरन्तरको सक्रियता र खोजतलाशको क्रममा फरार भइ भारतमा बस्दै आएका अभियुक्त क्षीरेश्वरनाथ नगरपालिका–२ रमदैयाका २५ वर्षीय रोशन यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखेर अनुसन्धान भइरहेको जनाइएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटेको प्रहरी टोलीले शनिबार बिहान भारतको बिहारको सीतामढीबाट महोतरीको औरही बजारबाट फरार अभियुक्त यादवलाई पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए । उनका अनुसार रोशन सार्वजनिक शान्ति विरुद्धको अपराधको मुद्दामा थुनुवामा रहेको जानकारी दिए । माघ १५ गते फरार भएका ६ जना अभियुक्त मध्ये पाँच अभियुक्त १५ दिन भित्रै पक्राउ परेको र ती सबै अभियुक्तहरु नेपालबाट पक्राउ परेको उनले बताए । रोशन फरार भइ भारततर्फ रहेको उसलाई ट्रेस गर्दै लगायतको मिहिनेतले पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक खड्काले स्पष्ट पारे । रोशन भारततर्फ भाग्न सफल भएकोले पक्राउ पर्न केही समय लागेको उनको कथन छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाको प्रमुख भइ आएदेखि एक दुई नभइ सयौं फरार अभियुक्त पक्राउ परेको दाबी गर्दै उनले चालु आर्थिक वर्षको जेठ महिनासम्ममा विभिन्न मुद्दाका ७ सय ९ जना अभियुक्तहरु पक्राउ परेको जानकारी दिए । यस अघि आर्थिक वर्ष ०७८/०७९ मा भने जिल्ला १ सय ८३ जना फरार अभियुक्त पक्राउ परेका थिए । माघ १५ गते खाना खाएर सुतेका ६ जना अभियुक्तहरु मध्यरातमा पर्खाल भत्काएर फरार भएका थिए । फरार हुनेहरुमा लागूऔषध मुद्दाका विनोद शर्मा, सार्वजनिक मुद्दाका अमित मण्डल र रोशन यादव, अभद्र व्यवहार सम्बन्धी मुद्दाका हरि विक तथा हातहतियार खरखजाना मुद्दाका रोशन महतो र शंकर सहनी फरार भएका थिए ।

थुनुवाबाट एकै पटक ठूलो संख्यामा अभियुक्तहरु फरार भएपछि धनुषा प्रहरी आलोचनाको पात्र बनेको थियो भने अहिले धनुषा प्रहरीले गरेको कामलाई ठूलो सफलताको रुपमा देखिएको छ ।

कोशी घटनाको प्रभाव मधेशभर

सुनसरीको देवानगञ्जमा आइतबार राति भएको प्रहरी–प्रद ...

देवानगञ्ज घटनामा मृतकका परिवारसँग गृहमन्त्रीले गरे

देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा ...

मधेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर ...

साउन १५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १५ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब