भारतको एउटा यस्तो गाउँ, जहाँ महिलाले साउनमा कपडा लगाउँदैनन्

  • असार २६, २०८० | ६३० पटक पढिएको | सीमा संदेश
alt

संसारका कतिपय ठाउँमा आज पनि यस्ता अनौठा तथा अपत्यारिला परम्पराहरु छन्, जसका बारेमा सुन्दैमा पनि अप्ठेरो लाग्दछ ।

परम्परागत समाजमा यस्ता परम्परा तथा अन्धविश्वासी प्रथाहरुबाट बढी मात्रामा महिलाहरु नै प्रभावित भएको देखिन्छ ।

हाम्रो छिमेकी मुलुक भारतमा पनि एउटै यस्तै प्रथा छ, जसले महिलाहरुलाई वर्षमा पाँच दिनसम्म कपडा लगाउन दिँदैन ।

भारतको हिमाचल प्रदेशमा पर्ने पिणी गाउँमा यस्तो अनौठो परम्परा रहिआएको छ । उक्त परम्परा अनुसार गाउँका महिलाहरुले हरेक वर्ष साउन महिनामा पाँच दिनसम्म शरीरमा कपडा नलगाइकनै बस्नु पर्दछ ।

यो प्रथाको पालना नगरेमा केही दिनमै कुनै अप्रिय घटना हुने विश्वास गाउँलेहरुमा छ । उक्त पाँच दिनसम्म आफ्नो पतिसँग बोल्दैनन् र सँगै पनि बस्दैनन् ।

साउनका ती पाँच दिनमा महिलाका लागि मात्र नभइ पुरुषका लागि समेत केही नियम
तय भएको छ । जस अनुसार पाँच दिनसम्म पुरुषहरुलाई रक्सी तथा मासुको सेवन बर्जित हुन्छ ।

आखिर साउनमा पाँच दिनसम्म महिला निर्वस्त्र बस्नुपर्ने र पुरुषले समेत रक्सी र मासु खान नहुने परम्परा कसरी चल्यो त सो गाउँमा ? यसका पछाडि एउटा किम्बदन्ती छ ।

किम्बदन्ती अनुसार धेरै पहिलो पिणी गाउँमा राक्षसहरुले आतंक मच्चाएका थिए ।

राक्षसहरुले गाउँका सिँगारपटार गर्ने तथा सुन्दर कपडा लगाउने विवाहित महिलाहरुलाई अपहरण गरेर लैजान्थे ।

राक्षसको आतंक मच्चिरहेको सोही समयमा लाहुआ घोंड नामका एकजना देवता गाउँमा आए र राक्षसको बध गरेर गाउँलाई त्रासमुक्त बनाए अनि महिलाहरुको ज्यान पनि जोगाए ।

त्यसपछि नै उक्त गाउँमा साउन महिनामा महिलाहरु पाँच दिनसम्म निर्वस्त्र बस्ने परम्परा चलेको हो ।

यद्यपि पछिल्लो समयमा आधुनिकतासँगै गाउँमा यो परम्पराको पालनामा केही कमी आएको छ ।

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब