भारतले चामल निर्यातमा प्रतिबन्ध लगाउँदा नेपालमा भोकमरी हुन्छ ?

  • साउन ५, २०८० | ६१० पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । भारतले आफ्नो निर्यात नीति संशोधन गर्दै चामल निर्यातमा कडाइ गरेको छ । चामलको मूल्य बढेको भन्दै भारतले बिहीबार (जुलाई २० तारिख)मा चामल निर्यातमा प्रतिबन्ध लगाएको हो ।

भारतले चामल निर्यातमा प्रतिबन्ध लगाउँदा त्यसको प्रत्यक्ष प्रभाव नेपाललाई पनि पर्ने देखिन्छ । भारतबाट वार्षिक झण्डै ४० अर्ब रुपैयाँको धान चामल नेपालमा आयात हुँदै आएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्म ३३ अर्ब ३७ करोड ५९ लाख रुपैयाँको ७२ करोड २१ लाख चार ४४ केजी धान चामल भारतबाट नेपाल भित्रिएको छ ।

नेपालमा भारतबाट मात्र नभएर चीन, थाइल्यान्ड, भुटान, क्यानडा, जापातलगायत १७ देशबाट धान चामल आयात हुँदै आएको छ । यी देशबाट गत वर्षको जेठ मसान्तसम्म नेपालमा ३३ अर्ब ६३ करोड ४७ लाख ९१ हजार रुपैयाँको धान चामल आयात भएको छ । १७ देशबाट धान चामल आयात भए पनि भारतको हिस्सा नै बढी रहेको छ । तथ्यांकअनुसार पूरै भारतकै हिस्सा छ भन्द पनि फरक पर्दैन ।

तर, कृषिविज्ञ डा. योगेन्द्रकुमार कार्की भारतले धान चामल रोक्दैमा नेपाली भोकले नमर्ने बताउँछन् । उनका अनुसार नेपालीलाई आवश्यक पर्ने खाद्य वस्तु नेपालमा उत्पादन हुन्छ ।

“नेपालमा एक करोड १५ लाख मेट्रिक टन धान, गहुँ, कोदो, मकै तथा फापर उत्पाद हुन्छ । हामीलाई ९६ लाख मेट्रिक टन भए प्रयाप्त हुन्छ,” उनले भने, “खाने तरिका सुधार गरेमात्र पनि भारतबाट चामल आयात नहुँदा नेपाली भोकमरीले मर्दैनन् । हामीलाई अपुग भनेको चामल हो । हामीले खाने तरिका सुधार गर्नुपर्‍यो ।”

रोटी, आलु तथा मकै के खाएर हुन्छ, एक छाक मात्र चामलको भात खाएर खानपानमा सुधार गर्नुपर्ने कार्कीको सुझाव छ ।

नेपालमै चैते धान र बर्खे धान उत्पादन हुने भन्दै भण्डार गर्ने ठाउँ नहुँदा समस्या परेको उनी बताउँछन् । भारतबाट आएको धान भण्डारणको अभावले भारत नै जाने पनि उनले बताए ।

स्थानीय सरकारले भण्डारण गर्ने व्यवस्था मिलाइ दिनुपर्ने पनि उनले सुझाएका छन् । “स्थानीय तहले एक हजार, दुई हजार क्षमताका भण्डारण गृह बनाइदियो भने हामीलाई खाद्यन्नको समस्या हुँदैन । भारतबाट नआए पनि अन्य ठाउँबाट धान चामल आउँछ,” कार्कीले बाह्रखरीसित भने ।

अन्य देशबाट धान चामल आउने भएकाले पैसा हुने र धनीलाई कुनै समस्या नहुने पनि उनले जानकारी दिए । तर, मध्यम वर्गलाई भने समस्या पर्ने देखिएको उनको भनाइ छ ।

“मध्यम वर्षले पनि हाम्रो उत्पादनमा प्रयोग गर्न जोड दिनुपर्छ र सरकारले पनि आकर्षित गर्नुपर्‍यो,” उनले भने, “खाद्यान्न भण्डारण र प्रयोगमा अहिलेदेखि नै योजना बनाउनु पर्‍यो । पहाडमा पनि खाने बानी सुधार गर्नुपर्‍यो ।”

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार हाल १३ लाख ५७ हजार ८१६ हेक्टरमा धान रोपाइँ हुँदै आएको छ । तर, त्यसलाई बढाएर साढे १४ लाखदेखि १५ लाख हेक्टरमा धान रोप्ने व्यवस्था सरकारले मिलाउनुपर्ने कार्की बताउँछन् । यसतर्फ ध्यान दिएर सरकारले पनि सिँचाइ र मलको व्यवस्था गरिदिनुपर्ने कार्कीको भनाइ छ ।

नेपालमा जेठ मसान्तसम्म चीनबाट पाँच करोड २० लाख ७७ हजारको साढे एक लाख किलो धान चामल नेपाल भित्रिएको छ । त्यसका साथै भियतनामबाट ९७ करोड १५ हजार रुपैयाँको एक लाख चार हजार किलो र इटालीबाट ११ लाख ६० हजार २७ हजार किलो धानचामल आयात भएको छ ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब