सुख्खाग्रस्त क्षेत्रमा राहत प्याकेज

  • साउन १८, २०८० | ४२४ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेशका सुख्खाग्रस्त जिल्लाहरुमा सरकारले राहत प्याकेज बनाएर पिउने पानी र सिँचाइका लागि काम गर्ने भएको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिले धनुषा र पर्सा जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्षसमेत रहेका धनुषाका प्रमुख जिल्ला अधिकारी(सीडीओ) काशीराज दाहालको अध्यक्षतामा बसेको बृहत् बैठकले सुख्खाग्रस्त क्षेत्र घोषणाका लागि कृषि र गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ । ‘धनुषा जिल्लामा आवश्यक वर्षा नहुँदा पिउने पानी र सिँचाइमा संकट देखिएको छ ’ धनुषाका सीडीओ दाहालले भने, हालसम्मको अवस्थाको मूल्यांकन गर्दा धनुषामा ३३ प्रतिशत पनि धान रोपाइँको सम्भावना छैन् । रोपिएको धान पनि सुक्न थालेको उनले बताए । जिल्लामा पिउने पानीको पनि गम्भीर समस्या देखिएको दाहालले बताए ।

जिल्ला दैवी प्रकोप उद्धार समितिले सिफारिस गरेपछि संघीय दैवी प्रकोप उद्धार समितिले घोषणा गर्नेछ । सुख्खाग्रस्त क्षेत्र घोषणा नहुँदा तीनै तहको सरकारलाई राहत सम्बन्धी काम गर्न कठिनाइ भइरहेको छ । सुख्खा क्षेत्र घोषणा भए लगतै प्रदेश सरकारले संघीय र स्थानीय सरकारसित समन्वय गरी तत्काल राहत प्याकेजको घोषणा गर्ने तयारीमा रहेको मधेश प्रदेशका उर्जा, सिँचाइ तथा खानेपानी मन्त्री सिंहासन सा कलवारले बताए । ‘मधेश प्रदेशमा पिउने पानी र सिँचाइका लागि सरकारले राहत प्याकेजका लागि गृहकार्य गरिरहेको छ ’ उनले भने, सुख्खाग्रस्त क्षेत्र घोषणा भए लगतै काम अगाडि बढनेछ । पर्सा जिल्ला दैवी प्रकोप उद्धार समितिले पनि जिल्लालाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गर्ने आधारसहित सिफारिस गरेको छ ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब