मधेश प्रदेशका जिल्लाहरुमा डेंगु संक्रमण फैलिँदै

  • साउन १८, २०८० | ३९२ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेशका जिल्लाहरुमा डेंगु संक्रमणका बिरामी फेला परेको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले जनाएको छ ।

निर्देशनालयका अनुसार बालबालिकादेखि वृद्धवृद्धामा यस्को संक्रमण देखिएको छ । निर्देशक डा.संजीवकुमार झाले साउनको सुरुवातयता २२ जनामा डेंगु संक्रमण पोजेटिभ देखिएको बताएका छन्। निर्देशनालयले स्थानीय तह तथा निजी स्वास्थ्य उपचार केन्द्रमा उपचार गराएका एवम् उपचारमा रहेका बिरामीको तथ्यांक संकलनका लागि कर्मचारी परिचालनका साथै संक्रमण बढ्न नदिन जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्य शाखामार्फत लामखुट्टेका लार्भा खोजी गरेर नष्ट गर्ने काम गरिरहेको बताइएको छ ।

चिकित्सक सुरेन्द्र महतोले सरकारी तथ्यांकभन्दा डेंगु रोगका बिरामीको संख्या निकै बढेको चर्चा गर्दै ढल्केवरमा १० दिनको अवधिमा १४ जनामा डेंगु संक्रमण देखिएको बताए। वर्षा कम भएकाले संक्रमण अहिलेसम्म नियन्त्रणमा भए पनि वर्षा भएपछि बढ्नसक्ने अनुमान गरिएको छ । वर्षाको पानी खाल्डाखुल्डी, नाला, खेतबारीलगायत जताततै जमेपछि लामखुट्टेको संख्या वृद्धि भइ डेंगु रोगका संक्रमित पनि बढ्नसक्ने सम्भावना रहेको छ ।

प्रादेशिक अस्पताल जनकपुरधामका ओपिडी शाखाका प्रमुख मनिषकुमार पाण्डेयले विगत एक महिनादेखि दिन बिराएर दुई– तीन जनामा यो संक्रमण देखिने गरेको बताएका छन् । उनले भर्ना गरेर उपचार गर्नुपर्ने जस्ता जटिल बिरामी नदेखिएको र स्वास्थ्य जाँचपछि घरमै बसेर स्वास्थ्य लाभ लिइरहेको जानकारी पनि दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्रप्रसाद सिंहले बिरामीको स्वास्थ्य उपचार र डेंगु संक्रमणको रोकथाम तथा नियन्त्रणको प्रयास भइरहेको बताउँदै प्रदेशका जिल्ला स्वास्थ्य कार्यालयमा औषधि व्यवस्थापन र लामखुट्टेका लार्भा नष्ट गर्न स्वास्थ्य क्षेत्रका कर्मचारी खटिएको बताए । डेंगुका सङ्क्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राखी अस्पतालका अधिकारीहरुलाई गुणस्तरयुक्त उपचार व्यवस्थाका लागि तयारी अवस्थामा बस्न निर्देशन दिएको मन्त्री सिंहले जनाए । डेंगुका लक्षण देखिएमा तुरुन्तै नजिकको अस्पतालमा वा स्वास्थ्य संस्थामा गएर चिकित्सको सल्लाह अनुसार उपचार गराउन र घर वरपरको वातावरणमा पानी जन्म नदिन, लामखुट्टेको लार्भा विकास हुने स्थान खोजेर नष्ट गर्न सबैलाईलाई आग्रह गरे । लामखुट्टेको टोकाइबाट सर्ने यो रोग नियन्त्रण तथा रोकथामका प्रयासमा मधेश प्रदेशका स्थानीय तह गम्भीर नदेखिएको गुनासो स्थानीयले लगाएका छन् ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब