बाढी तथा डुबान पीडितलाई दश लाख

  • साउन २६, २०८० | ३९० पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेश सरकारले बाढी तथा डुबान पीडितलाई राहतका लागि प्रदेशका ८ वटै जिल्लामा रहेको जिल्ला प्रशासन कार्यालयहरुलाई १०/१० लाख रुपैयाँ पठाउने निर्णय गरेको छ ।

बिहीबार बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको वैठकले बाढी पीडितलाई तत्काल राहत दिने उद्देश्यले प्रदेशका प्रत्येक जिल्ला प्रशासन कार्यालयलाई १० लाखको दरले रकम उपलब्ध गराउने निर्णय भएको प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मदले जानकारी दिए । प्रदेशका बाढी कारण प्रदेशका ८ वटै जिल्ला प्रभावित भएको उल्लेख गर्दै मन्त्री मोहम्मदले भने,‘ ती समस्यालाई मध्यनजर गरी तत्काललाई प्रमुख जिल्ला अधिकारी अध्यक्षतामा रहेको जिल्ला विपद् व्यवस्थापन समितिलाई राहत वित्तरणको लागि उक्त रकम उपलब्ध गराउने निर्णय भएको हो ।’

त्यसैगरी, यस वाहेक बाढी पीडितलाई राहत संकलन गरी राहत वितरण गर्न मन्त्री मोहम्मदले प्रमुख जिल्ला प्रशासन कार्यालयलाई आग्रहसमेत गरेका छन् । उनले बाढी पीडित र डुवानमा परेकाहरुलाई तत्काल राहत र उद्धार कार्य प्रभावकारी बनाउन सुरक्षा निकायलाई निर्देशनसमेत दिएका छन् ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब