मधेश कुनै पनि हालतमा भारत विरोधी हुन सक्दैन : मुख्यमन्त्री यादव

  • साउन ३१, २०८० | ६८९ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाल भारत बीचको सम्बन्ध प्रगाढ रहेको बताएका छन् ।

भारतको ७७ औं स्वतन्त्रता दिवसको अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै सिमाले नेपाल भारत दुइ देश भएपनि दुबै देश बीच अनुयाश्रीत सम्बन्ध रहेको बताए । वीरगञ्ज स्थित भारतीय महाबाणिज्य दुतावासले आयोजना गरेको ७७ औ स्वतन्त्रता दिवस कार्यक्रमको प्रमुख अतिथिको रुपमा शुभकामना मन्तव्य व्यक्त गर्दै मुख्यमन्त्री यादवले विभिन्न आरोह अवरोह पार गर्दै भारत विश्व शक्ति पथमा दृढरुपले अगाडि बढेकोमा आग्रीम शुभकामना दिए । उनले भारतको बिरोधमा मधेश वा मधेशी जनताद्वारा कुनै प्रकारको कार्यनहुने स्पष्ट पार्दै नेपालको मधेशीहरु भारतको ठूलो समर्थक रहेको दाबी गरे । उनले नेपाल भारत बीच रहेको बेटी रोटीको सम्बन्ध बताउँदै नेपालमा भारतको सबै भन्दा ठूलो समर्थक नै मेधशी जनता रहेको बताए । भारतीय स्वतन्त्रता आन्दोलनमा नेपाली नेताहरु र नेपालको प्रजातान्त्रिक, गणतान्त्रिक र मधेश आन्दोलनमा भारतीय नेताहरुको समर्थनले नै दुबै देशको जनता पूर्ण स्वतन्त्रता प्राप्त गरेको मुख्यमन्त्री यादवको भनाइ थियो ।

वीरगञ्ज स्थित भारतीय महावाणिज्य दूतावास परिसरमा आयोजित स्वतन्त्रता दिवस कार्यक्रममा मुख्यमन्त्री यादव र भारतीय महावाणिज्य दुत नितेश कुमारले नेपाल भारत मैत्रीको सेम्बोलीक बैलुनका गुच्छाहरु संयुक्तरुपमा उडाएका थिए । सो अवसरमा महाबाणिज्य दुत कुमारले राष्ट्रिय झण्डाफहराए पछि राष्ट्रिय गान सहित समारोहको सुरुवात गरेका थिए । भारतका राष्ट्रपतिले राष्ट्रका नाममा गरेको सम्बोधन महाबाणिज्य दुत कुमारले पढेर कार्यक्रममा सुनाएका थिए ।

मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री शमीम, अर्थ मन्त्री संजय कुमार यादव, स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र कुमार सिंह, मन्त्री सुरीता साह, श्रम मन्त्री चन्दन सिंह, सांसद अजय चौरसिया, वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेश मान सिंह, जनकपुरधाम उप महानगरपालिकाका नगर प्रमुख मनोज कुमार साह लगायतका नेताहरु कार्यक्रममा विशिष्ट अतिथिहरुको उपस्थिति रहेका थिए । यसका साथै नेपाल र भारत सरकारका उच्च पदाधिकारी अधिकारी, बीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल र मधेश प्रदेशका अध्यक्ष अशोक टेमानी, नागरिक समाजका सदस्यहरु, पत्रकार, विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, इन्जिनियरिङ संघका सदस्य, वाणिज्य दूतावासका पदाधिकारी÷अधिकारीहरुको उलेख्खनीय सहभागीता रहेको थियो भने उक्त कार्यक्रमको संचालन दुतावासका सांकृती तथा मिडिया कन्सुल शशिभूषण कुमारले गरेका थिए । स्वतन्त्रता दिवस समारोह कार्यक्रममा वीरगञ्ज तथा जनकपुरका १५ भन्दा बढी विद्यालयहरूका विद्यार्थीहरुले विभिन्न मनमोहक सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब