‘कानुन बमोजिम सुरक्षित गर्भपतन गर्न पाउने अधिकार रहेको छ’

  • भदौ १, २०८० | ४८४ पटक पढिएको | सीमा संदेश
alt

प्रजनन् स्वास्थ्यसहित सुरक्षित गर्भपतन अधिकार महिलाको संविधान प्रदत्त मौलिक हक भए पनि त्यसको व्यवहारिक पक्ष फितलो रहेको सरोकारवालाको कथन छ ।

कृपा नामक संस्थाले मधेश सरकारको समन्वयमा बिहीबार जनकपुरधाममा आयोजना गरेको सुरक्षित गर्भपतन सेवाको उपलब्धि चुनौती र समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रममा मधेश प्रदेशको प्रदेश स्वास्थ्य सेवा ऐन ०७८ मा पनि प्रत्येक नागरिकलाई प्रचलित कानुन बमोजिम सुरक्षित गर्भपतन गर्न पाउने अधिकार रहेको छ, कार्यक्रममा सहभागी डा. महेश पुरीले सन् २०१५ मा कृपाले गरेको सर्वे अनुसार नेपालमा ५८ प्रतिशतले अझै पनि नेपाल सरकारबाट मान्यता प्राप्त नभएको संस्थामा गर्भपतन गराउने गरेको देखिएको छ ।

कार्यक्रममा डा. उद्धव पुरीले मधेश प्रदेशमा १२ हप्ताभन्दा तलका १६६ र १२ हप्ताभन्दा माथिका पाँच वटा मात्रै गर्भपतन सेवा प्रदान गर्ने सूचिकृत संस्था रहेको बताएका छन् । अहिले पनि मधेश प्रदेशमा चेतनाको अभाव रहेका कारण असुरक्षित गर्भपतन गराउनेको संख्या बढी भएको उनले बताए ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मधेश प्रदेशका प्रवक्ता डा. मुक्तिनारायण साहले असुरक्षित गर्भपतनको कारण छोरीको जनसंख्यामा विस्तारै कमी हुँदै गएको बताए । आउँदो सात वर्षपछि केटाको बिहेवारिमासमेत समस्या आउनेसमेत उनले बताए ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब