चिनियाँ नागरिक संग तीन/तीन वटा नागरिकता : कोइराला

  • भदौ ८, २०८० | ३८१ पटक पढिएको | सीमा संदेश
alt

भारतीयहरुले नेपाली नागरिकता लिएको आरोप मधेशी जनताहरुमाथि लागि रहेको बेला नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले चिनियाँ नागरिकहरुसंग तीन/तीन वटा नागरिकता रहेको खुलासा गरेका छन् ।

जनकपुरधामस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै नेता कोइरालाले नेपाल अन्तर्राष्ट्रिय तस्करहरुको अखाडा भएको आरोप लगाए । उनले नेपाल अहिले चिनियाँ, भारतीय र युरोपियन मुलुकका तस्करहरुको अखाडा र ट्रान्जिट प्वाइन्ट बनेको टिप्पणी गरे । उनले मुलुकलाई नेताले बर्बाद गरेको आरोप लगाउनु सहज भए पनि नेताले नभइ अन्तर्राष्ट्रिय तस्करहरुको गिरोहको चुङ्गुलमा नेपाल फसेको बताए । नेता कोइरालाले अन्तर्राष्ट्रिय स्तरको तस्करबाट मुलुकलाई उन्मुक्ति नदिए मुलुक बर्बाद हुने बताए । उनले वर्तमान सरकार विघटन हुने सम्भावना नरहेको बताउँदै प्रचण्ड नेतृत्वको सरकार अहिले यथावत रहने बताए । उनले भने–‘ वर्तमान सरकारले सुन तस्करी, ललिता निवास, नक्कली भुटानी शरणार्थी लगायतका काण्डहरु सूक्ष्म रुपले अनुसन्धान गरिरहेको छ । मुलुकमा भइ रहेको वर्तमानका घटनाहरुले मुलुकको छवि अन्तर्र ाष्ट्रिय स्तरमा नराम्ररी बिग्रेको छ, नेपाली कांग्रेसले अभिभावकत्व ग्रहण नगरे दिनप्रतिदिन छवि खराव हुँदै जाने उनले बताए ।

वर्तमान सरकारको मूल्यांकन गर्नसक्ने अवस्था अहिले नरहेको उनले बताए । नेपाली कांग्रेसलाई सरकारमा गएको अहिले तीन महिना मात्र भएको बताउँदै उनले तीन महिनामा मूल्यांकन गर्न कठिन रहेको चर्चा गरे । उनले भने–‘वर्तमान अवस्थालाई हेर्ने हो भने कही न कही कमीकमजोरी भएको छ । यसलाई सुधार गर्नका लागि नेपाली कांग्रेसलाई नै नेतृत्व लिनुपर्छ ।’ मुलुकको वर्तमान अवस्थाले केही दिन निरन्तरता पायो भने गरिवी, अशिक्षा, वेरोजगारी लगायतका समस्या आउन सक्ने प्रवल सम्भावना रहेको उनको भनाइ थियो । उनले मुलुकमा रोजगारको वातावरण बनाउन नेपाली कांग्रेस एक उत्तम विकल्प मात्र रहेको प्रष्ट पारेका थिए ।

मधेशका जनताहरुले पटक पटक आन्दोलन गरेपछि नागरिकता विधेयक पास भइ अहिले मधेशका जिल्लाहरुमा नागरिकता वितरण कार्य जारी छ । त्यसमा पनि दर्जनको संख्यामा कागजात पुर्याएर दिनु पर्छ । तर चिनियाँहरुले कहाँबाट नागरिकता पायो भने विषयको छानबिन गम्भीर रुपमा हुनु आवश्यक रहेको उनले बताए ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब