चन्द्रयान र सूर्य मिसन पछि अब भारतको समुद्रयान !

  • भदौ २७, २०८० | ५१७ पटक पढिएको | सीमा संदेश
alt

छिमेकी मुलुक भारतले चन्द्रयान-३ र सूर्य मिसन पश्चात् अब समुद्रको गहिराइ नाप्ने तयारी गरिरहेको छ । यसका लागि भारतले समुद्रमा जाने यानको निर्माण गरिरहेको छ । जसको नाम समुद्रायन हो । यसलाई मत्स्य ६००० पनि भनिएको छ । उक्त समुद्रायनमा तीनजना मानिसहरु समुद्रको ६ किलोमिटर गहिराईसम्म जानेछन् अनि त्यहाँ अध्ययन अनुसन्धान गर्नेछन् ।

भारतका पृथ्वी विज्ञानमन्त्री किरेन रिजिजूूले सेप्टेम्बर ११ मा एक ट्वीट गर्दै भारतको अबको मिसन समुद्रयान भएको बताएका छन् । चेन्नाइको नेशनल इन्स्टिच्यूट अफ ओशन टेक्नोलोजीले उक्त यान बनाएको हो ।

यसका माध्यमबाट तीनजना व्यक्ति समुद्रभित्र ६ हजार मिटरको गहिराइसम्म पुग्नेछन् । उनीहरुले त्यहाँका स्रोत तथा जैविक विविधताको अध्ययन गर्नेछन् ।

उक्त परियोजनाको कारणबाट समुद्रको पर्यावरणमा कुनै नोक्सानी नहुने मन्त्रीको दाबी छ ।
यो एक गहिरो सामुद्रिक मिसन हुनेछ जसबाट सामुद्रिक अर्थतन्त्र अर्थात् ब्लू इकोनोमीको विकास गर्ने उद्देश्य छ । यसबाट समुद्रको भित्र रहेका जे जानकारीहरु प्राप्त हुनेछन् त्यसबाट कैयन् मानिसहरुलाई रोजगारी मिल्नेछ । किनकि यसबाट सामुद्रिक स्रोतसाधनको प्रयोग हुनेछ।

रोचक कुरा त के भने एकातर्फ भारतीय अन्तरिक एजेन्सी इसरोले चन्द्रयान ३, गगनयान तथा सूर्य मिसनजस्ता अन्तरिक्ष मिसन चलाइरहेको बेला पृथ्वी विज्ञान मन्त्रालयले समुद्रको गहिराइ नाप्ने तयारी गरिरहेको हो ।

भारतको नेसनल इन्स्टिच्यूट अफ ओसन टेक्नोलोजीले यसअघि एक पर्सनल स्फेयर यान बनाएको थियो । जुन समुद्रको ५ सय मिटर सम्मको गहिराइमा जान सक्थ्यो ।

उक्त यानमा एकजना मात्रै व्यक्ति बस्न मिल्थ्यो । यो २.१ मिटर व्यासको एउटा गोलाकार पनडुब्बी थियो जुन माइल्ड स्टीलबाट बनेको थियो । बंगालको खाडीमा एक जहाजबाट उक्त यानको परीक्षण गरिएको थियो । त्यसमा सफलता प्राप्त भएसँगै संस्थानले समुद्रयान परियोजना अगाडि बढाएको हो ।

के हो समुद्रयान मिसन ?

समुद्रयान मिसन पूर्णरुपमा स्वेदेशी लगानी तथा प्रविधिमा बनेको भारतीय सामुद्रिक परियोजना हो । यो एउटा पनडुब्बी हो जसको नाम मत्स्य ६००० राखिएको छ । यो यान निर्माण गर्न टाइटेनियम धाउको प्रयोग गरिएको छ । यसको ब्यास २.१ मिटर छ । यसमा १२ घण्टाका लागि तीन जनासम्म मानिस बसेर समुद्रको ६ हजार मिटरको गहिराइसम्म जान सक्दछन् । यो यान ९६घण्टासम्म समुद्रको पानीभित्र रहन सक्दछ ।

यो यानको सबै भाग हाल निर्माण भैरहेको छ । यो मिसनको सुरुआत २०२६ मा हुने अपेक्षा गरिएको छ । सफल लञ्चिङ पश्चात् अमेरिका, रुस, फ्रान्स, जापान तथा चीन जस्ता देशहरुको समूह अर्थात् एलिट क्लबमा भारत पनि प्रवेश गर्नेछ । ती देशहरुसँग समुद्रभित्रका गतिविधिहरुका लागि विशिष्ट खालको प्रविधि तथा वाहनहरु उपलब्ध छन् ।

समुद्रमुनि के गर्नेछ समुद्रयान ?

समुद्रयानको उद्देश्य समुद्रको गहिराईमा खोज गर्नु तथा सामुदि्रक पिँधमा खनिजको उत्खननका लागि पनडुब्बीको माध्यमबाट मानिसलाई पठाउनु हो । आमरुपमा पनडुब्बीहरु केवल ३ सय देखि ४ सय मिटरको गहिराइसम्म मात्र जान सक्दछन् । तर समुद्रयान भने ६ हजार मिटर सम्म पुग्नेछ ।

समुद्रयान परियोजनाको लागत ४१ अर्ब भारु रहेको छ । यसले समुद्रभित्र ग्यास हाइड्रेट्स, पोलीमेटालिक म्यांगानिज नोड्यूल, हाइड्रो थर्मल सल्फाइड तथा कोबाल्ट क्रस्ट जस्ता संसाधनहरुको अन्वेषण गर्नेछ । यी चिजहरु समुद्रभित्र १ हजार देखि ५५ सय मिटरको गहिराइमा पाइन्छन् ।

डीप ओसन मिसन के हो ?

सन् २०२१ मा भारतको पृथ्वी विज्ञान मन्त्रालयले यो परियोजना अघि सारेको हो । यसको उद्देश्य सामुद्रिक संशाधनहरुको खोज गर्नु हो । सामुद्रिक संशाधनहरुको उपयोगका लागि गहिरो समुद्रमा प्रविधिको प्रयोग गरी भारतको सामुदि्रक अर्थतन्त्र अर्थात् ब्लू इकोनोमीको प्रवर्द्धन गर्नु यसको उद्देश्य रहेको छ ।

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब