१०३ प्रकारको एन्टिबायोटिक प्रयोग नगर्न औषधि व्यवस्था विभागको निर्देशन

  • असोज १, २०८० | ४९३ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौँ, असोज १ गते । औषधि व्यवस्था विभागले एक सय तीन प्रकारका एन्टिबायोटिक औषधिको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ ।

विभागका महानिर्देशक नारायणप्रसाद ढकालले एन्टिबायोटिकको प्रयोगलाई न्यूनिकरण, रोकथाम तथा नियन्त्रण गर्नका लागि प्रयोगमा नल्याउन निर्देशन दिएको बताएका छन् ।

विश्व स्वास्थ्य सङ्गठनले पनि ती औषधिको प्रयोगका लागि सिफारिस गरेको छैन । उनले ती औषधीको प्रयोग गर्नुको कुनै औचित्य नभएको समेत दाबी गरे ।

उनले एन्टीबायोटिक प्रतिरोधका कारण बढ्दै गएको संक्रमण हुने दर, मृत्यु दर र आर्थिक असरलाई पनि प्रभावकारी रुपले कम गर्न राष्ट्रिय कार्ययोजना तयार पारी स्वीकृतको अन्तिम चरणमा रहेको पनि बताए ।

महानिर्देशक ढकालले एन्टीबायोटिक प्रतिरोधलाई न्यूनिकरण गर्न, तथ्यमा आधारित उपचार प्रणाली र समुचित प्रयोगलाई बढावा दिने उद्देश्य हासिल गर्न औषधि सल्लाहकार समितिको सफारिसमा ती औषधिको दर्ता, नवीकरण र पैठारी र प्रयोग नगर्न÷नगराउन निर्देशन दिएको बताए ।

यसअघि पैठारी तथा उत्पादनका लागि अनुमति दिएका औषधिको समिश्रणलाई बजारबाट ६ महिना भित्रमा हटाइसक्नुपर्ने छ ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब