लाखौं विद्यार्थीको पठनपाठन प्रभावित हुँदै

  • असोज ४, २०८० | ४३५ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । शिक्षकहरूको आन्दोलनले आजदेखि देशभरका विद्यार्थीको पठनपाठन प्रभावित हुने भएको छ । विद्यालय बन्द हुने हो भने लाखौं विद्यार्थीको पठनपाठन प्रभावित हुनेछ । 

‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ को विरोधमा बुधबारदेखि शिक्षकहरू सडक आन्दोलनमा उत्रिएका छन् । ७७ वटै जिल्लाका सामुदायिक विद्यालयबाट हजारौँ शिक्षक काठमाडौं आइपुगेका छन् ।

महानगरको अवज्ञा गर्दै काठमाडौंका शिक्षक आन्दोलनमा जाने

नेपाल शिक्षक महासंघले आन्दोलनको नेतृत्व गरेको छ । बुधबार काठमाडौंको माइतीघर हुँदै संसद् भवन नयाँ बानेश्वर पुगेर फर्किएको शिक्षकको र्‍याली माइतीघरमा नै फर्किएर कोण सभामा परिणत भएको थियो । उक्त र्‍यालीमा हजारौं शिक्षकको सहभागिता थियो । 

शिक्षक सडकमा, पढाइ के हुन्छ ?

आफूहरूले राखेका माग पूरा गर्न शिक्षा, कानुन र अर्थमन्त्रीस्तरीय वार्ता हुनुपर्ने उनीहरूको माग छ । विद्यालय बन्द नै गरेर आन्दोलनमा आउन महासंघको आह्वान गरेको थियो । 

शिक्षा तथा प्रविधिमन्त्री अशोककुमार राईको संयोजकत्वमा सरकारले वार्ता आह्वान गरे पनि शिक्षा मन्त्रालयसँग मात्रै बस्नुको औचित्य नरहेको भन्दै महासंघ वार्तामा बस्न मानेको छैन ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब