मधेसी समुदायको प्रश्न– भाइटिकामा रानीपोखरी खोल्न मिल्ने, छठमा किन नमिल्ने ?

  • कार्तिक २६, २०८० | ३७७ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौँ । दीपावलीसँग छठको तयारी पनि सुरु भएको छ । छठका लागि सामग्री किन्नेदेखि लिएर घाटको ठाउँ मिलाउने सम्मको काम सुरु भएको छ । 

काठमाडौँमा पनि विभिन्न संघ, संस्था छठको तयारीमा जुटेका छन् । काठमाडौँमा रानीपोखरी, कमलपोखरी, मनोहरा, बागमती, गुहेश्वरी, विष्णुमतीलगायतका स्थानमा छठ मनाइन्छ ।

तर, यसपटक काठमाडौँ महानगरपालिकाले छठका लागि रानीपोखरी खुल्ला नगर्ने भएको छ । स्मरण रहोस्, महापर्व छठ समारोह समितिले २०६३ सालदेखि नै त्यहाँ छठ मनाउँदै आएको थियो । त्यसो त भूकम्पपछि पुनः निर्माणको काम सुरु भएपछि त्यहाँ छठको अवसरमा सामान्य पूजापाठ मात्र हुन्थ्यो 

गत वर्ष पुनःनिर्माण प्राधिकरणले हस्तान्तरण नगरेको कारण महानगरपालिकाले छठ मनाउन दिएको थिएन । यसपटक तयारी समितिले रानीपोखरीमा छठ मनाउनका लागि पहल गर्दा महानगरले नदिएको समितिका महासचिव आनन्द गुप्ताले बताए । 

समितिले रानीपोखरी छठका लागि उपलब्ध गराई दिनका लागि मेयर बालेन शाहसमक्ष निवेदन पनि दिएको थियो ।  

महासचिव गुप्ताले भने, ‘महानगरपालिकासँग पटक पटक रानीपोखरीका लागि आग्रह गर्‍यौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता साहले समेत महानगरपालिकाका मेयर बालेन शाहलाई फोन गर्दिनुभयो, तैपनि महानगरपालिका दिन तयार भएन ।’

मन्त्री साहले फोन गरेपछि मेयर शाहले आफूहरुलाई भेट्नका लागि बोलाएको तर त्यहाँ गएपछि भेट नभएको महासचिव गुप्ताले बताए । त्यहाँका प्रशासकीय अधिकृतले मेयर शाह छठका लागि रानीपोखरी खुल्ला गर्ने मुडमा नरहेको कारण त्यहाँको ठाउँ दिन नसकिने आफूहरुलाई भनेर पठाएको उनले बताए । 

आफूहरु अझै प्रयासरत रहेको बताउँदै यद्यपि, यसपटक रानीपोखरीमा छठ मनाउने सम्भावना निकै कम रहेको उनले बताए । मेयर शाहले मधेसीमाथि विभेद गरेको उनको भनाई छ । भाइटिकामा रानीपोखरी खोल्न मिल्ने, छठमा किन नमिल्ने भन्दै रानीपोखरी नपाए आफूहरुको समितिले अरु ठाउँमा आयोजना नगर्ने बताए । 

२०७२ को भूकम्पले रानीपोखरीमा क्षति पुर्‍याए पनि अनौपचारिक रुपमा छठको मान्यताअनुसार रानीपोखरी घाटमा पूजाआजा गरिँदै आएको थियो । समितिले २०७० र २०७१ मा काठमाडौँ महानगरपालिकाले नै छठ पूजाको आयोजना तथा व्यवस्थापन गर्न लाग्ने सम्पूर्ण खर्च बेहोर्ने भनिएको कुरा समितिले मेयर शाहलाई पठाएको पत्रमा उल्लेख छ ।  

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब