महोत्तरीमा बिना खनजोत गहुँ खेती

  • मंसिर २४, २०८० | २९५ पटक पढिएको | सीमा संदेश
alt

गहुँ खेतीका लागि कृषि मजदूर तथा पानीको अभाव भएको बेला महोत्तरी जिल्लाको पिपरामा बिना खनजोत गहुँ खेती सुरु गरिएको छ ।

कृषि अनुसन्धान परिषद् बेला चापी र कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगञ्जको आयोजनामा उक्त अभियानको शुरुआत पिपरा गाउँपालिका–नं ३ का वडाध्यक्ष किशोरी अधिकार ीले गरे । आम किसानहरूलाई यस प्रविधिका बारेमा जानकारी दिने उद्देश्यले खुल्ला २ बिघामा खेतीको शुरुआत गरिएको छ ।

सिँचाइको अभाव रहेको र अत्यधिक युवाहरू वैदेशिक रोजगारीमा गएका कारण कम लागतमा अधिक उत्पादन लिन उक्त खेतीको शुरुआत गरि एको कृषि अनुसन्धान परिषद् वेलाचापीका प्रमुख राम दास चौधरीले जानकारी दिए । यस प्रविधिमा खेतको जोताई मेसिनले ११ लाइनमा गर्नुका साथै मेसिनले नै मात्रा अनुसारको बीउ तथा मल छर्ने उनले जानकारी दिए । मेसिनले नै बीउ तथा रासायनिक मल खेतमा हाल्ने भएकाले थोरै समयमा धेरै खेतमा गहुँ लगाउन मिल्ने कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीर गञ्जका प्रमुख वैज्ञानिक सचिनकुमार मिश्रले बताए ।

यस प्रविधिले खेती गर्दा ३० देखि ५० प्रतिशतले पानी कम लाग्नुका साथै प्रति कट्ठा २ देखि तीन मन उहुँ उत्पादन हुने कृषि वैज्ञानिक मिश्रले बताए । परम्परागत शैलीमा गहुँ खेती गर्दा लागत बढ्नुका साथै प्रति कट्ठा १ देखि डेढ मन मात्र उत्पादन हुने गरेको वडाध्यक्ष अधिकारीले जानकारी दिए । यस प्रविधिबाट खेती गर्दा १०/१५ दिन अगावै गहुँ छर्न सकिने, धान काटेर हटाइसके पछि ४/५ पटक जोताई गर्ने खर्च र बाली लगाउने समय जोगाउँछ, धेरै पटक जग्गा जोते पछि सिँचाइ गर्दा पानी बढी खर्च हुने भएकाले यस प्रविधिमा ४० प्रतिशत पानी भए पुग्ने साथै बढी पानी भएर गहुँ बाली पहेलो हुनबाट जोगाउँछ ।

यस प्रविधिबाट खेती गर्दा खेती योग्य जमिनलाई जति बढी जोताई गर्यो त्यति बढी मात्रामा झारपात आउने भएकाले यस प्रविधिबाट गहुँ खेती गर्दा झार पात कम भइ गहुँ उत्पादनमा वृद्धि हुने गरेको उनले बताए । यस प्रविधिमा धान काटदा २० दिन २५ सेन्टिमिटर डाठ छोडेर काटदा जमिनमाथि रहेको झार पातहरु कुहिएर मलमा परिणत भइ माटोमा प्राङ्गारिक मलको वृद्धि हुने गरेको उनले बताए ।

प्राकृतिक श्रोत साधनको संरक्षण गर्नुका साथै मलजलको समुचित सदुपयोग भइ इन्धनको खपतमा कमी हुनुका साथै बातावरणीय प्रदूषणबाट जोगाउने गरेको समेत उनले बताए । बैज्ञानिक मिश्रका अनुसार आजको नयाँ सोच अनुसार कृषकहरुको झुकाव कृषि यान्त्रिकरण तर्फ बढी भएकोले यो प्रविधि उपयुक्त रहेको छ ।

बढ्दो उत्पादन खर्च र घटदो बजार मूल्यको कारण गहुँ खेती कम फाइदाजनक हुनु, थोरै समयमा धेरै गहुँ खेती लगाउन सकिने, श्रमिकको अभाव दिन प्रतिदिन बढ्दै जानु, अधिक उत्पादन र खुद नाफा बढी गर्नकालागि यस प्रविधिको प्रयोगको आवश्यकता रहेको उनले बताए । सोही क्रममा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) कृषि औजार अनुसन्धान केन्द्रले जिरो टिलेज (शुन्य खनजोत) मेसिनको परीक्षण पनि गरेको छ ।

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब