सडकमा सुतेर उखु किसान विरोधमा

  • पुस ३, २०८० | ५७३ पटक पढिएको | सीमा संदेश
alt

तत्काल उखुको मूल्य कायमसहित विभिन्न माग राखेर आन्दोलनरत सर्लाहीका उखु किसान सोमबार पूर्व– पश्चिम राजमार्गमा सुतेर विरोध प्रदर्शन गरेका छन् ।

उखुको मूल्य तत्काल तोक्न र गत वर्षको बाँकी बक्यौता रकम भुक्तानी गर्न माग गर्दै आन्दोलनरत किसान अगुवाहरू हरिवन बजारस्थित राजमार्गमा सुत्दै विरोध जनाएका छन् ।

विरोध कार्यक्रममा मधेश प्रदेश सभा सदस्य जवाहर कुशवाहा, पूर्व प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेती, हरिवन नगरपालिका–११ का वडाध्यक्ष शेष मेहबुव रेजा, मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेतीलगायतका किसान अगुवाहरूको उपस्थिति थियो । सोमबार दिउँसो २ बजेदेखि आधा घण्टा राजमार्गमा सुतेर विरोध प्रदर्शनको कार्यक्रम गरिएको मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष उप्रेतीले जानकारी दिए ।

नेपाल उखु उत्पादक महासङ्घ, मिलगेट उखु उत्पादक समिति, किसान हकहित संरक्षण समिति लगायत उखु किसान सम्बद्ध सङ्घ–सङ्गठनको संयुक्त आयोजनामा केही दिनदेखि हरिवनमा विरोध प्रदर्शन भइरहेको छ ।

सरकारले उखु किसानको गत वर्षको बाँकी अनुदान रकम तत्काल भुक्तानी गर्ने पहल गरे पनि सर्लाहीका उखु किसानले आन्दोलनलाई निरन्तरता दिएका छन् । किसानको खातामा रकम नआउन्जेल र यो सिजनका लागि मूल्य कायम नहुन्जेल आन्दोलन जारी रहने नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिए ।

यसैबीच उखु किसानका लागि विभिन्न ६ बुँदे माग राख्दै हरिवन नगरपालिका–११ निवासी शेष इस्तिहारले सोमबारबाट आमरण अनसन सुरु गरेका छन् । गत स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट हरिवन–११ मा वडाध्यक्षका प्रत्याशी समेत रहेका इस्तिहारले सोमबार बिहान साँढे ११ बजेबाट इन्दुशंकर चिनी उद्योगको मूलगेटमा अनसन सुरु गरेको जनाइएको छ ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब