हत्कडी खुस्काएर भागेका सदाय कल्याणपुरबाट पक्राउ

  • पुस ८, २०८० | ४२३ पटक पढिएको | सीमा संदेश
alt

बाल यौन दुर्व्यवहार आरोपमा पक्राउ परी म्याद थप्न जिल्ला सदरमुकामस्थित सरकारी वकिल कार्यालयनजिकबाट हत्कडी खुस्काएर भागेका थुनुवा २४ घण्टा नपुग्दै पुनः पक्राउ परेका छन्।

सिराहाको लहान नगपालिका २१ घर भएका करिब ३६ वर्षीय छोटु सदाय शनिबार दिउँसो लुकिछिपी बसिरहेको अवस्थामा कल्याणपुर नगरपालिका १२ थलहाबाट पक्राउ परेको हो।

इलाका प्रहरी कार्यालय लहानका प्रहरी सहायक हवल्दार देवकुमार यादवको कमान्डमा सादा पोसाकमा खटिएको टोलीले खोजतलासको क्रममा सदायलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिए। नियन्त्रणमा लिएको सदायलाई जिल्ला प्रहरी कार्यालय पु¥याएर थप अनुसन्धान भईरहेको जनाएको छ।

सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका ३ दिनाजपुर सरन्चियाको भित्री सडक खण्डमा नाबालिकालाई यौन दुर्व्यवहार गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको प्रहरीले सदायलाई ५ पुसमा लहान १९ बेतहाबाट पक्राउ गरिएको थियो।

फत्रउ परेको भोलिपल्ट शुक्रबार प्रहरी सहायक निरीक्षक विनेश यादवको कमान्डमा ६ जना प्रहरीसहित तीनजना थुनुवालाई कानुनी प्रक्रियाको लागि सिराहा जिल्ला अदालत पठाइएको थियो।

तीमध्ये बाल यौन दुर्व्यवहारमा अनुसन्धानका लनगि पक्राउ गरिएका थुनुवा सदायको सरकारी वकिल कार्यालयमा मिसिल देखाउने क्रममा कार्यालयको गेट अगाडिबाट हत्कडी खुस्काई फरार भएका थिए।

सुकदेव सिंहले एमाले पार्टी परित्यागको घोषणा

नेकपा एमालेका जिल्ला समिति सदस्य सुकदेव सिंहले पार्टीको ...

फर्जी यौन दुर्व्यवहारको आरोप स्वीकार गरेपछि विवादम

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस ११’ की ...

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगा

छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी ...

रास्वपा सिरहामा नेतृत्वका लागि आजै निर्वाचन प्रक्र

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब