सिरहा, २५ पौष । “नगरको पहिचान युवाको समान र स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान“ नारा साथ सिरहा नगरपालिकाको सहयोग र सलहेश युवा क्लव सिरहाको आयोजनामा संचालित नगर स्तरीय फूटबल प्रतियोगिताको चौथो दिन मंगलवार दुई सिफटमा खेल भएको छ । पहिलो सिफटमा वडा नं. ३ मखनाहा र वडा नं. २० लगडीगढियानी बिच खेल भएको थियो।
उक्त खेलमा दुवै वडाले समय अवधिसम्म कुनै गोल गर्न नसकेपछि पेनाल्टीको मदतले ५–४ गोलले मखनाहा विजय भई क्वटर फाइनलमा प्रवेश पाएको छ । खेलको म्यान द म्याच वडा नं. ३ मखनाहाको जर्सी नं. १० नरेश महरा भएको थियो ।
दास्रो सिफटको खेल वडा नं. २२ हकपारा र वडा नं. २१ लगडीगोठ बिच भएको थियो । खेलमा ३–० गोल अन्तरले हराउँदै हकपारा क्वटर फाइनलमा प्रवेश गर्न सफल भएको थियो । उक्त खेलको म्यान द म्याच जर्सी नं. ६ को खेलाडी सुशिल मंडल भएको थियो ।
आज बुधवारको खेल वडा नं. ८ महिसोथा वडा नं. १८ लक्षमिनिया बिच हुने छ । दोस्रो सिफटमा वडा न.४ रमौल र वडा नं. ११ भलुवाही बिच हुनेछ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved