सिरहा, २६ पौष । “नगरको पहिचान युवाको समान र स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान“ नारा साथ सिरहा नगरपालिकाको सहयोग र सलहेश युवा क्लव सिरहाको आयोजनामा संचालित नगर स्तरीय फूटबल प्रतियोगिताको पाँचौ दिन बुधवार दुई सिफटको खेलमा महिसोथा र भलुवाही विजयी भएको छ ।
पहिलो सिफटमा वडा नं. ८ महिसोथा र वडा नं. १८ लक्षमिनिया बिच खेल भएको थियो। उक्त खेलमा दुवै वडाले समय अवधिसम्म ५–१ गोलले लक्षमिनियालाई हराउँदै महिसोथा विजय भई क्वटर फाइनलमा प्रवेश पाएको छ । खेलको म्यान द म्याच वडा नं. ८ महिसोथाको जर्सी नं. १० रविन्द्र महरा भएको थियो ।
दास्रो सिफटको खेल वडा नं. ११ भलुवाही र वडा नं. ४ रमौल बिच भएको थियो । खेलमा २–१ गोलको अन्तरले रमौललाई हराउँदै भलुवाही सेमी फाइनलमा प्रवेश गर्न सफल भएको थियो । उक्त खेलको म्यान द म्याच भलुवाहीको जर्सी नं. ५ को खेलाडी मो.अनाजुल भएको थियो ।
आज बिहीवारको क्वाटर फाइनल खेल वडा नं. ९ ठेंगही र वडा नं. १२ सारस्वर बिच वेलु्का ३ बजे हुने सलहेश क्लवका अध्यक्ष राजिप यादबले बताए ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved