सिरहा, २९ पौष । “नगरको पहिचान युवाको समान र स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान“ नारा साथ सिरहा नगरपालिकाको सहयोग र सलहेश युवा क्लव सिरहाको आयोजनामा सूर्यनारायण सत्यानारायण मोरवैता यादब बहुमुखि क्याम्पस सिरहामा संचालित नगर स्तरीय फूटबल प्रतियोगिताको आठौँ दिन शनिवारको सेमी फाइनल खेलमा वडा नं. ११ भलुवाहिलाई हराउँदै वडा नं.७ राजा सलहेश विजयी भएको छ ।
उक्त खेलमा वडा नं. ७ राजा सलहेश र वडा नं. ११ भलुवाही बिच भएको घमासान खेलको समय अवधिसम्म ५–० गोलको अन्तरले राजा सलहेश विजय भई फाइनलमा प्रवेश गरका छन्। खेलको म्यान अफ द म्याच वडा नं. ७ राजा सलहेशको जर्सी नं. १० को खेलाडी राजा मेस्तर भएको छ ।
आज आइतवारको सेमी फाइनल खेल वडा नं. ८ महिसोथा र वडा नं. ९ ठेगंही बिच वेलु्का २ बजे हुने सलहेश क्लवका अध्यक्ष राजिप यादबले बताए ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved