सिरहा ०१ माघ । “नगरको पहिचान युवाको समान र स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान“ नारा साथ सिरहा नगरपालिकाको सहयोग र सलहेश युवा क्लव सिरहाको आयोजनामा सूर्यनारायण सत्यानारायण मोरवैता यादब बहुमुखि क्याम्पस सिरहामा संचालित नगर स्तरीय फूटबल प्रतियोगिताको नवौँ दिन आइतवारको सेमी फाइनल खेलमा वडा नं. ८ महिसोथालाई हराउँदै वडा नं.९ ठेगंही विजयी भएको छ ।
उक्त खेलको समय अवधिसम्म २–१ गोलको अन्तरले ठेगंही विजय भई फाइनलमा प्रवेश गरेका छन्। खेलको म्यान अफ द म्याच वडा नं. ९ ठेगंहीको जर्सी नं. ८ को खेलाडी सूर्यनारायण यादब भएको छ ।
म्यान अफ द म्याचको पुरस्कार सिरहा क्याम्पसको प्रमुख रामहित यादबको हातबाट वितरण गरेको छ ।
आज सोमवार सिरहा नगरपालिका जनप्रतिनिधि र कर्मचारी बिच मैत्रिपूण खेल २ बजे हुने सलहेश क्लवका अध्यक्ष राजिप यादबले बताए।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved