सिरहा, ०२ माघ । सिरहा नगरपालिका जनप्रतिनिधि र कर्मचारी बिच सोमवार माघे संक्रान्तिको सुभ उपलक्ष्यमा मैत्रिपूर्ण फुटबल प्रतियोगिता भएको छ । खेल सुरु भएसँगै जनप्रतिनिधि र कर्मचारी बिचको सुमुधुर सम्बन्ध देखेर मैदनमा उपस्थिति दर्शकहरु खुब रमाईरहेका थिए ।

कर्मचारी र जनप्रतिनिधि एकता साथ आफ्ना जिमेवारी पूर्ण रुपमा निभाई रहेका थिए । उक्त जिमेवारी र अनुशासित कार्य शैलिले खेल मैदनका दर्शक नगरवासि उत्साहित भई रमाई रहेका थिए । खेलमा देखिएका जिमेवार पूर्ण कार्य शैलि भोली देखि नगरपालिका कार्यमा देखिए सिरहा नगरपालिका समृद्ध र विकशित हुने र तिन वर्ष समय काफि हुने खेल प्रेमी दर्शकहरुका भनाई रहेका थिए ।
आफ्ना जिमेवारीलाई बुझिइ मैदनमा उत्रेका कर्मचारीका नेतृत्व गरेका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादब र जनप्रतिनिधिका नेतृत्व गरेका नगर प्रमुख डा. नवीन कु्मार यादबलाई हेरेर दर्शकहरु नगरका भविष्य प्रति सन्तुष्ट देखिन्थिए ।

सबैलाई एकताका सुत्रमा बाँधन सक्ने कार्य कुसल प्रशासकले मात्र गर्न सक्छ । बलिराम यादब नगरपालिकामा अधिकृतको जिमेवारी पाएसँग यस्ता खुशियाली देखिएको वडा नं.७ का राविन्द्र कुमार यादबले बताए । यादबले जुन किसिमले नगरपालिकामा सयम दिई कार्य गरिरहेका प्रभावले आज सबैले आफ्ना जिमेवारी प्रति थप उत्साहित भएको जिवछ पासमानले बताए।
शारिरीक स्वास्थ्यका लागि मात्र खेल हुदैन् । एक अर्कोकासँगको सम्बन्ध बलियो बनाउन् पनि खेलको महत्व पूर्ण भुमिका हुन्छ प्रमुख प्रशासकीय बलिराम यादबले बताए । आजको खेलले कर्मचारी र जनप्रतिनिधिका नगरपालिका समृद्धी र विकासमा सामान भुमिका रहेको उदाहरण प्रस्तुत गरका छन् ।
जसरी खेलमा सबैको एउटा साझा लक्ष्य गोल थियो । त्यस्तै नगरपालिका विकास र समृद्धिमा पनि कर्मचारी र जनप्रनिधिका साझा लक्ष्य हो । भोली देखि नै यि सम्बन्ध प्रगाढ रुपमा नगरपालिका कार्यमा देखिन पाइयोस् यादबको भनाई रहेको थियो।

खेल मैदानमा घामासन भएपनि विश्वास पूर्ण जिमेवारीले समय अवधि भरी कसैले पनि गोल गर्न सकेनन् । अन्नत ः खेल टइब्रेकरका मदतले कर्मचासहरुले जनप्रतिनिधिहरुलाई ३–० गोलले हराउँदै विजयी भएका थिए । खेलको म्यान अफ द म्याच जनप्रतिनिधिहरुबाट वडा नं. १७ का वडाअध्यक्ष उमेश प्रसाद यादब हुन सफल भएको थियो ।
आज मंगलवार फाइनल खेल वडा नं. ७ राजा सलहेश र वडा नं. ९ ठेगंही बिच २ बजे हुनेछ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved