सिरहा, ०३ माघ । सिरहा नगर स्तरीय फूटबल प्रतियोगिताको फाइनल खेलमा वडा नं. ७ राजा सलहेशलाई हराउँदै वडा नं. ९ ठेगंही विजयी भएको छ । ८० मिनेटको खेलमा पहिलो हाफमा कसैले कुनै पनि गोल गर्न सकेनन् । तर खेलको दोस्रो हाफको २२ मिनेटमा ठेगंहीले १ गोल गरको थियो ।
घामासना खेल भईरहेको खेल मैदनमा समय अवधि सम्म खेल हुन सकेनन् । ठेगंही टिमका जर्सी नं. २ ले खेल नियमविपरित कार्य गरेपछि रेड कार्ड पाएको थियो । तर पुन ः रेफ्री माथि हातपाथ गरेपछि ठेगंहीका जर्सी नं. ७ का खेलाडिलाई रेड कार्ड देखाएपछि विवाद उत्पन्न भएको थियो ।
खेल समय १८ मिनेट बाँकी रहदाँ ठेगंहीका खेलाडिहरुले रेड कार्ड फिर्ता गर्न माग गदै खेल अवरोध गरका थिए । आयोजक सलहेश युवा क्लवले रेड कार्ड देखाई सकेपछि पुनः फिर्ता हुदैन् । रेफ्रिको पनि मार्यादा हुन्छ । फाइनल खेल हो । हामी सबै एउटै हौँ । खेललाई अगाडी बढाउ भने, तर माग पुरा नभए सम्म नखेलने अडान लिएपछि खेल हुन सकेनन् ।
खेल अगाडी नबढेपछि आयाजकले एक गोल गरेको ठेगंहिलाई विजयी घोषण गरेको थियो । तर ठेगंहिका खेलाडिहरुले विजयी पुरस्कार लिन अस्वीकार गरेका थिए । पुरस्कार अहिले पनि आयोककै संरक्षण रहेको छ।
फाइनल खेलको म्यान अफ द म्याच ठेगंहिका खेलाडी अमोधी कामती भएको छ भने म्यान अफ द टुनामेन्ट राजा सलहेशका राजा मेस्तर भएका छन् । बेस्ट गोलकिपर वडा नं. ८ का जर्सी नं. १ का खेलाडी उपेन्द्र दास, बेस्ट डिफेन्डर ठेगंहिका जर्सी नं. ८ सूर्यनारायण यादब, बेस्ट मिड फिल्डर ठेगंहिका खेलाडी जर्सी नं.२ शुसान्त कुमार यादब, बेस्ट स्टइकर वडा नं. ८ का जर्सी नं.११ का खेलाडी रामबाबु दास र सर्वाधिक गोलकर्ता राजा सलहेशका जर्सी नं. १० खेलाडी राजा मेस्तर रहेका छन् ।
यता आयोजकले नगर स्तरीय टिमका लागि नगर स्तरीय प्रतियोगिताबाट ४० जना खेलाडी छनोट गरी सार्वजनिक गरका छन् । छनोट भएका खेलाडिहरुलाई माघ १३ गते व्यवस्थापनका लागि सिरहा क्याम्प खेल मैदनमा उपस्थि हुन अनुरोध गरीएको सलहेश युवा क्लवका अध्यक्ष राजिप यादबले बताए ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved