चार भोजपुरी कलाकारलाई बीजेपीले बनायो लोकसभा चुनावको उम्मेदवार

  • फागुन २०, २०८० | ३७९ पटक पढिएको | सीमा संदेश
alt

भारतीय जनता पार्टीले आगामी लोकसभा चुनाव २०२४ का लागि पहिलो चरणमा १९५ जना उम्मेदवारको सूची सार्वजनिक गरेको छ । सूचीमा चारजना भोजपुरी स्टार्सको नाम पनि समावेश छ ।

चार भोजपुरी कलाकारले बीजेपीको तर्फबाट टिकट पाएका छन् जसमा मनोज तिवारी, रवि किसन, दिनेशलाल निरहुआ र पवन सिंहको नाम सामेल छ ।

तिवारीलाई उत्तरपूर्वी दिल्लीबाट यसपटक पनि उम्मेदवार बनाइएको छ । उनले ट्वीटरमार्फत आफूलाई भरोसा गरेकोमा पार्टी नेतृत्वलाई धन्यवाद दिएका छन् ।

रवि किशनलाई गोरखपुरबाट, आजमगढबाट वर्तमान लोकसभा सांसद समेत रहेका दिनेशलाललाई पुनः टिकट दिइएको छ । पवन सिंहलाई पश्चिम बंगालको आसनसोल सिटबाट उठाइएको छ । यो सिटबाट अहिले तृणमूल कांग्रेसको टिकटका बीजेपीका पूर्वनेता समेत रहेका शत्रुघन सिन्हा सांसद छन् ।

शत्रुघन सिन्हासँग आमनेसामने हुनेबारे पवनसिंहलाई सोधिएको प्रश्नमा उनले बिचारधारा अलग रहेको प्रतिक्रिया दिए । तर, लोकसभा चुनावमा आफूले जित हासिल गर्ने दावी उनले गरे । बीजेपीले पहिलो सूचीमा भोजपुरी कलाकारप्रति भरोसा जनाएको देखिएको छ ।

नेपाल रेडक्रस सोसाइटी सिरहामा एकै व्यक्ति २५ वर्षद

नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को जिल्ला समितिको नेतृत् ...

नेकपा–एमालेबीच तीनबुँदे सहमति : संयुक्त सरकार गठन

अदालतको आदेशपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी  ...

धर्मेन्द्र प्रधानको राजीनामा स्वीकृत, प्रल्हाद जोश

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा ...

मधेशका १० पालिकामा कृषिको नमूना कार्यक्रम सञ्चालन

कृषि, वन तथा पर्यावरण मन्त्रालयले मधेश प्रदेशका १० वटा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब